वजाजको मास्टर मेक कार्यक्रम इटहरी र बीरगंजमा सम्पन्न

काठमाडौं । असोज १९ र २० गते इटहरीमा र २३ र २४ गते वीरगंजमा मस्टर मेक २०१८ प्रतियोगिताको आयोजना गरेको छ । 

नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले उक्त कार्यक्रम आयोजना गरेको हो । 

यस कार्यक्रमको मुख्य उद्देश्य देशभरिका वजाजका विक्रेताहरुका प्राविधिकहरुलाई सहभागी गराउने, प्राविधिक तवरले अग्रसर बनाउने र कार्यलाई मनोरञ्जनात्मक बनाउने हो । साथै प्रतिस्पर्धी मध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान, पुरस्कृत र हौसला बढाउनु हो । 

यो प्रतियोगीतालाई एचएच वजाजले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि ४ चरणमा संचालन गर्ने जानकारी हंसराज हुलासचन्दका तालिम विभागिय प्रमूख उमेश श्रेष्ठले दिए । प्रतियोगीताका क्रममा प्राथमिक चरणमा ५११ जना प्रतियोगीहरु मध्येबाट क्षेत्रीय चरणका लागि १२१ जना प्रतियोगीहरु छनोट भएका थिए ।

ती मध्ये पूर्वाञ्चल क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १६ जना प्रतिस्पर्धी र आधिकारिक सर्भिस पोइन्टबाट १३ जना प्रतिस्पर्धी बीच क्षेत्रीय प्रतियोगीता भएको थियो । जसमा बिक्रेताहरुको प्रतियोगीतामा धरानका अर्विन एण्ड ब्रदर्स अटोबाट रुपक मण्डलले प्रथम, विराटनगरका एस एण्ड ब्रदर्स स्पेयर सप्लायर्सबाट रामगोपाल चौधरीले द्घितिय र बिर्तामोडका मेची पावरमोवाईल्स ट्रेडबाट सन्तबहादुर बिष्टले तृतिय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगीतामा धनकुटाका प्रधान मोटरसाईकल वर्कसपबाट साजनमान प्रधानले प्रथम, ओखलढुङ्गाका अर्जुन इन्टरप्राइजेजबाट अर्जुनकुमार राईले द्घितिय र गौराहदहका मनकामना मोटर पार्टसबाट नवराज राजवंशीले तृतिय स्थान हासिल गरेका थिए ।

बीरगंज क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १४ जना प्रतिस्पर्धी र आधिकारिक सर्भिस पोइन्टबाट ७ जना प्रतिस्पर्धी बीच क्षेत्रीय प्रतियोगीता भएको थियो । जसमा बिक्रेताहरुको प्रतियोगीतामा हेटौडाका न्युहोराइजन अटोबाट सरोज तामाङले प्रथम, जीतपुरका न्यु एसडीएस इन्टरप्राइजेजबाट सुरेन्द चौधरीले द्घितिय र नारायणगढका नारायणी मोटर्सबाट छोटेलाल प्रसाद मालीले तृतिय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगीतामा तारापट्ठीका लक्ष्मी मोटरसाइकल वर्कसपबाट लक्ष्मीनारायण शाहले प्रथम, रामपुरका आरडी ब्रदर्सबाट मिठ्ठु कुमारले द्घितिय र सिन्धुलीका क्षितिज इन्टरप्राइजेजबाट बीरबल महतोले तृतिय स्थान हासिल गरे ।

सो कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष तथा समाजसेवी अनुरोध थापा तथा स्थानीय यूवा व्यवसायी तथा समाजसेवी बिक्रमबाबु थापाले प्रमूख अथितिकोरुपमा विजेताहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । 


Back_to_top