काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता एचएच बजाजले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार ६ मोडलको मूल्य वृद्धि भएको हो ।
कम्पनीले चैत १ गतेदेखि लागू हुनेगरि बजाज डोमिनार २५० मा ५ हजार रुपैयाँले यसको मूल्य वृद्धि गरेको थियो । यो मोटरसाइकलक सार्वजनिक भए पश्चात् यसको मूल्य पहिलो पटक वृद्धि भएको हो । यसको नयाँ मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरि बजाजको सर्वाधिक सफल मध्येको एक मोडल पल्सर एनएस २०० को एबीएस/अफआईको मूल्य २ हजार रुपैयाँले बढेको छ । चैत १ गतेको मूल्यसूचीमा ३ लाख ७२ हजार ९०० रुपैयाँ भएको एनएको मूल्य हाल ३ लाख ७४ हजार ९०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै नयाँ मूल्यसूची अनुसार एनएस २०० एबीएसको ३ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ । यसको मूल्य चैत्र १ गतेको सार्वजनिक मूल्यसूचीमा २ हजार रुपैयाँले वृद्धि भएको थियो ।

पल्सर एनएस १६० एबीएसको मूल्य १ हजार रुपैयाँले वृद्धि भएको छ । यसको नयाँ मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ पुगेको हो । त्यसैगरि प्लाटिनामा १ हजार, डिस्कभर १२५ मा १ हजार, एभेन्जर १६० स्ट्रीटमा २ हजार र डोमिनारमा ५ हजार रुपैयाँले वृद्धि भएकोे छ ।

