काठमाडौं । बजाज ‘नेक्स्ट जेन महा एक्सचेन्ज कार्निभल’ सुरू भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले काठमाडौंका भृकुटीमण्डपमा एक्सचेन्ज कार्निभल सुरू गरेको हो ।
यो कार्निभल माघ ११ गतेदेखि सुरू भएर १७ गतेसम्म संचालन हुनेछ ।
उक्त ‘नेक्स्ट जेन महा एक्सचेन्ज कार्निभल’मा पुरानो मोटरसाइकलसँग बजाजका नयाँ मोटरसाइकल साट्दा ग्राहकले बजार मूल्यमा थप ८ हजार मूल्यांकन पाउने छन् । कम्पनीले एक्सचेन्ज कार्निभलमा २२ भन्दा धेरै भ्यालुएटर संस्थाहरु ल्याएर मूल्याङ्कन गरिरहेको छ । साथै, ‘अन द स्पट’ फाइनान्स सुविधा समेत उपलब्ध गराएको कम्पनीको भनाइ छ ।
फाइनान्स मार्फत मोटरसाइकल किन्न चाहनेका लागि नागरिकता कै भरमा कर्जा उपलब्ध दिने कम्पनीले जानकारी दियो । साथै, हरेक मोटरसाइकल खरिदमा ग्राहकले एशोसरिजहरु निःशुल्क पाउने छन् ।

नयाँ मोटरसाइकल सार्वजनिक
‘नेक्स्ट जेन महा एक्सचेन्ज कार्निभल’मा बजाजको सर्वाधिक लोकप्रिय मोटरसाइकल पल्सर २२० एफ सार्वजनिक भएको छ । कम्पनीले विभिन्न अपडेट गरेर यसलाई बजारमा उतारेको हो ।
नयाँ पल्सर २२० को मूल्य पहिलेभन्दा बढेको छ । कम्पनीले नयाँ पल्सरमा आधार दर्जन बढी फिचर थपेसँगै मूल्य पनि २० हजार रुपैयाँ बढाएको हो ।

यसअघि बिक्री भइरहेको बजार पल्सर २२० को मूल्य ४ लाख २० हजार रुपैयाँ थियो । नयाँ २२० एफको मूल्य ४ लाख ४० हजार बनाइएको हो ।
पल्सर २२० मा कम्पनीले पहिलो पटक एलईडी हेडलाइट दिइएको छ । यसमा साइड इण्डिकेटर्स पनि स्ट्याण्डर्ड एलईडीमै छ । नयाँ ग्राफिक्स डिजाइन र कलर अप्सन पनि थपेर आएको छ ।
बजाजले नयाँ २२० एफलाई पूरा डिजिटल कन्सोलमा अपडेट गरेको छ । यसमा ब्लूटुथ कनेक्टिभिटी सिस्टम, स्प्लीट डिजिटल एनालग मिटर, राइड कनेक्ट एप, टर्न बाई टर्न नेभिगेसन, कल एसेप्ट र रिजेक्ट, मिस कल, एसएमएस अलर्ट, समय र डीटीई रिडआउट र ट्रिप कम्प्युटर जस्ता डिजिटल सुविधा उपलब्ध छन् ।

यसका अलावा बीएस ६ इन्जिनमा आएको यो मोटरसाइकलमा २२० सीसीको एयर र आयल कुल्ड, ट्विन स्पार्क, एफआई डीटीएसआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २०.४ पीएस पावर र १८.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ ।

