३५० सीसीमा आयो पल्सर एनएस ४००

काठमाडौं । बजाजले आफ्नो पल्सर सिरिजको सबैभन्दा ठूलो मोडल एनएस ४०० जेडलाई ३५० सीसी इन्जिन सेग्मेन्टमा बजारमा ल्याएको छ ।

बजाज अटोले नयाँ कर प्रणालीलाई मध्येनजर गर्दै आफ्नो चर्चित नेकेड स्पोर्ट मोटरसाइकल एनएस ४०० जेडलाई ३५० सीसी सेग्मेन्टमा सार्वजनिक गरेको हो ।

कम्पनीले यसअघि ट्रायम्फ, केटीएम र डोमिनारका ४०० सीसी मोडलहरूलाई ३५० सीसी इन्जिन ल्याइसकेको छ ।

बजाजको यस कदमको मुख्य उद्देश्य भनेको ग्राहकलाई करमा राहत दिनु हो । भारत सरकारको नयाँ कर नीति अनुसार ४०० सीसी मोटरसाइकलमा ४० प्रतिशत लाग्छ । तर, ३५० सीसीभन्दा साना मोटरसाइकलमा १८ प्रतिशत मात्रै कर लाग्ने भएपछि ठूला मोटरसाइकलको क्षमता घटाउँदै ३५० सीसीमा ल्याएको हो ।

पहिलेको एनएस ४०० जेडमा ३७३ सीसी इन्जिन थियो । जसले ४३ पीएस पावर र ३५ एनएम टर्क जेनेरेट गथ्र्यो । अब नयाँमा ३४९.१३ सीसीको इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम ४०.६ पीएस पावर तथा ३३.२ एनएम टर्क जेनेरेट गर्छ ।

नयाँ इन्जिनले पिक पावर ९००० आरपीएममा र पिक टर्क ७५०० आरपीएममा दिन्छ, जुन पहिलेभन्दा बढी हो । यसले मोटरसाइकललाई हाई रेभिङ र अझै स्पोर्टी बनाउँछ । तर लो स्पिडमा भने यसको टर्क कम छ ।

नयाँ मोटरसाइकलमा इन्जिन बाहेक अन्य सबै एनएस ४०० जेड समानकै दिइएको छ । मोटरसाइकलको डिजाइन र फिचरहरू पनि उही पाइन्छ ।

मोटरसाइकल नयाँ इन्जिनमा आए पनि नयाँ भर्सन ३५० एनएसको मूल्यमा परिवर्तन भएको छैन । कम्पनीले यसलाई एनएस ४०० बराबरकै १ लाख ९३ हजार ९०० भारु (एक्स शोरुम) मूल्यमा बिक्री सुरू गरेको छ ।


Back_to_top