काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपाबाट बागमती प्रदेशको राजधानी हेटौँडासम्म सिधा बस सेवा सुरु भएको छ । काभ्रे–पुन्यवती यातायात प्रालि पनौतीले बनेपा-हेटौंडा बस सेवा संचालनमा ल्याएको हो ।
उक्त बस बनेपाबाट पनौती हुँदै धुङ्खर्क, च्याम्य्राङबेँसी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौँडासम्म पुग्छ र, सोही रुट हुँदै बनेपा फर्किन्छ ।
यससँगै काभ्रेपलाञ्चोकका नागरिकलाई हेटौँडा जान विभिन्न मार्ग हुँदै घुमाउँरो सडकबाट जानुपर्ने बाध्यता समेत हटेको छ । यसअघि बनेपाबाट हेटौँडा जान ४ वटासम्म बस फेर्नुपर्ने बाध्यता थियो । बनेपाबाट काठमाडौं आएर फेरि अर्को बस चढेर हेटौंडा जानुपर्ने बाध्यता थियो ।
अहिले संचालनमा ल्याइएको रुटमार्फत बनेपा-हेटौँडाको दुरी करिब ११० किलोमिटर छ । यद्यपि, अधिकांश सडक कच्ची छ ।यसअघि बनेपाबाट अन्य सडक हुँदै हेटौंडा जाँदा १२० देखि २२० किमीसम्म यात्रा गर्नुपर्थ्यो ।
यो सेवा प्रभावकारी देखिएपछि बस थप्ने योजना बनाइएको काभ्रे-पुन्यवती यातायात प्रालिले जनाएको छ ।
यसैबीच, बेथानचोक गाउँपालिका-१ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले चितवनस्थित नारायणी यातायात सेवाले समेत बनेपा(हेटौँडा खण्डमा थप बस सेवा सञ्चालन गर्न प्रक्रिया थालेको छ ।

