दुई महिनापछि प्रिमियम ईभी ब्राण्ड नेपाल आउने, यस्तो छ पहिलो मोडल

काठमाडौं । विद्युतीय साधनको बिक्री बढ्दै जाँदा प्रिमियम ब्राण्डहरू पनि आउन थालेका छन् । बीएमडब्लूले ईभी बिक्री गर्न थालेसँगै बीवाइडीले पनि आफ्नो प्रिमियम ब्राण्ड ‘डेन्जा’ नेपालमा लन्च गर्ने भएको हो ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नेपाली बजारमा डेन्जाका प्रिमियम इलेक्ट्रीक गाडी उपलब्ध गराउने भएको हो ।

डेन्जा ब्राण्डमा रहेको डी नाइन एमपीभीले ३ लाख युनिट बिक्री पूरा गरिसकेको छ । सन् २०२२ को अगस्टदेखि बजारमा आएको डेन्जा डी नाइन प्लइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक गरी दुई फरक पावरट्रेनमा उपलब्ध छ । सम्भवतः नेपालमा डेन्जा ब्राण्ड लन्च हुँदा डी नाइन एमपीभी लन्च हुनेछ ।

चीनमा डेन्जा डी नाइनको मूल्य ४२ हजारदेखि ७२ हजार अमेरिकी डलरसम्म रहेको छ । अहिले नेपालको विभिन्न सडकमा डी नाइनको परीक्षण चलिरहेको छ । साइमेक्स इंकका अनुसार अंग्रेजी नयाँ वर्ष २०२६ देखि डेन्जाको आधिकारिक बिक्री सुरू हुनेछ ।

साइमेक्स इंकले काठमाडौंको नक्सालमा डेन्जाको लागि डेडिकेटेड शोरुम निर्माण अन्तिम चरणमा पुर्याएको छ । अन्तर्राष्ट्रिय बजारमा हाइब्रिड मोडल पनि उपलब्ध छ, तर नेपालमा ब्याट्री इलेक्ट्रीक मोडल मात्रै आउने छ ।

प्रिमियम, स्पेशियस, कम्फर्ट र लग्जरी फिचरले भरियूर्ण डेन्जा डी नाइन सात सिट क्षमताको मल्टिपर्पस भेहिकल हो । यसमा प्रिमियम साउण्ड सिस्टम, मल्टीमोड सिट मसाज, मल्टीपल स्क्रीन र लेटेस्ट कनेक्टिभिटी फिचर उपलब्ध छ । यसको क्याबिन निकै एड्भान्स र इन्जेनिअस ककपिटको साथ तयार भएको छ ।

यसमा १५.६ इन्चको सेन्टर कन्ट्रोल स्क्रीन, १०.२५ को इन्स्ट्रुमेन्ट प्यानल, हेडअप डिस्प्ले र सेकेण्ड रो प्यासेन्जरका लागि पनि स्क्रीन दिइएको छ ।

डेन्जा डी नाइनमा फ्रन्ट ह्वील ड्राइभ सिस्टम र अल ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । यसको फ्रन्ट ह्वील ड्राइभमा २३० किलोवाटको मोटर छ । अलह्वील ड्राइभमा भने २७५ किलोवाटको मोटर अप्सन पाउन सकिन्छ ।


बीवाइडीको ब्लेड टेक्नोलोजीमा आधारित १०३.३६ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको डी नाइन एमपीभीले सिंगल चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपी टेस्टमा देखिएको छ ।

डब्लूएलटीपीका अनुसार फ्रन्ट ह्वील ड्राइभ भेरियन्टले ५२० र अल ह्वील ड्राइभले ४८० किलोमिटर रेन्ज दिनेछ ।

साइजमा पनि डी नाइन निकै ठूलो छ । यसको लम्बाइ ५२५० एमएम, चौडाइ १९६० एमएम र उचाइ १९२० एमएम छ । यसमा ३११० एमएम लामो ह्वीलबेस छ ।


Back_to_top