इलेक्ट्रीक ‘ब्रम्बी’ ह्याचब्याक नेपाल आउने

काठमाडौं । बेइजिङ अटोमोवाइल वर्क (बीएडब्लू)को इलेक्ट्रीक उत्पादन नेपाल आउने भएको छ । अटोमोवाइल बिक्रेता कम्पनीहरुले यसलाई ल्याउने प्रक्रिया सुरु गरिसकेका छन् ।

बीएडब्लूको सानो इलेक्ट्रीक ह्याचब्याक कार ब्रम्बी नेपाल ल्याउनेगरी आयातकर्ताहरुले कम्पनीसँग मूल्यमा नेगोसियसन गरिरहेको बुझिएको छ । ब्रम्बी ह्याचव्याक दशै अगाडि नै नेपाली बजारमा प्रबेश गर्ने एक ब्यवसायीले बताए ।

ती ब्यवसायीका अनुसार नेपालमा डिलर नियुक्तदेखि नाडा अटो शो २०२४ प्रदर्शनी गर्नेसम्मको टुङ्गो लागेको भएपनि मूल्यको कारण थप छलफल भइरहेको छ । मूल्यमा कुरा मिल्ने हो भने भदौमा नै ब्रम्बी इलेक्ट्रीक ह्याचब्याक कार नेपाल आइपुग्ने छ ।

मूल्य २० लाख हाराहारीमा बेच्न योजना कम्पनीहरुले बनाएपनि उत्पादकले त्यो मूल्य दिन नसक्ने जनाएको कारण आधिकारीक बिक्रेता घोषणा गर्न ढिलाई भइरहेको बुझिएको छ ।

चार जनाले यात्रा गर्न सक्ने ५ ढोका भएको ब्रम्बी इलेक्ट्रीक ह्याचव्याकमा १५.१२ किलोवाट आवरको सानो साइजको ब्याट्री छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा १७२ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी भएपनि रोडमा त्यति पनि रेन्ज आउने छैन ।

बीएडब्लूले ब्रम्बी ह्याचव्याकमा २५ किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटर दिएको छ । यसको रेटेड पावर १५ किलोवाट छ ।

यसको लम्बाई ३५३२ एमएम, चौडाई १४९८ एमएम र उचाई १६०५ एमएम छ । यसमा २२७५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । रियर ह्वील ड्राइभ मोटर दिइएको कारमा अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ ।

दुई कलरमा सजिएको इन्टेरियर, १०.२५ इन्चको इन्टेलिजेन्ट डिस्प्ले, पार्किङ राडार, ३६० डिग्री क्यामेरा, हाइटेक सेफ्टी फङ्गसन जस्ता फिचर यसमा रहेका छन् ।


Back_to_top