यी हुन् तीनदेखि चार लाख मूल्यका बाइक

काठमाडौं । छिटो, सजिलो र छरितो सवारीको रुपमा लिइने मोटरसाइकल जुनसुकै उमेर समूहका मानिसको रुची बन्न थालेको छ । झट्ट कतै जानुपर्दा सार्वजनिक यातायातको सकस नभोगी यात्रा गर्न पाइने भएकाले पनि बाइक किन्ने मानिसको संख्या बढ्दै गएको हो ।

नेपाली सडकमा हाल, सार्वजनिक सवारीभन्दा पनि बढि बाइक तथा स्कुटरको ताँती देखिन्छ । यसले सहजै बाइक प्रति मानिसको चासो र रुचीलाई प्रस्ट्याउँछ । नेपाली बजारमा उपलब्ध  दुइपाँग्रे सवारी कम्पनीले महङ्गादेखि सस्तो मूल्यका बाइक बिक्री गरिरहेका छन् ।

यी कम्पनीले ग्राहकको कमाइ र शौख अनुसार बाइक खरिद गर्न सक्ने विभिन्न मूल्यका बाइक बिक्री गर्दै आएका छन् । विशेषगरि युवापुस्ताले भने तीन लाखभन्दा माथि चार लाखभन्दा कम मूल्यका बाइकहरु राेज्ने गरेका छन् । नेपाली बजारमा उपलब्ध ३ देखि ४ लाखसम्मका बाइक यस्ता छन् ।

टीभीएस अपाचे आरटीआर २०० फोर भी

यो बाइक हाल ३ लाख २५ हजार रुपैयाँमा बिक्री भइरहेको छ । मोटरसाइकलमा फोर भल्भ, कार्बुरेटर इन्जिन लगाइएको छ । यसले ८ हजार ५ सय आरपीएममा २०.२ बीएच पावरका साथै ७ हजार आरपीएममा १८.१ एनएम टर्क उत्पादन गर्छ । यसमा आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ भने ५ स्पीड गियरबक्ससँगै  एआरटी स्लिपर क्लच लगाइएको छ ।

यसमा  फ्युल गेज, पिलीन ग्राबेल, इन्जिन किल स्विच, क्लक, डिजिटल ट्रिप मिटर टाइप, ट्रिपमिटर काउन्ट र पास लाइट दिइएको छ । कम्पनीले नयाँ इन्जिन परिमार्जित संस्करण २०२० मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

एनएस २०० एबीएस

३ लाख ३४ हजार ९ सय रुपैयाँमा बिक्री भइरहेको एनसएस २०० एबीएसको विशेषताको कारण  चर्चामा रहेको हो । बजाजले यसमा फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाएको छ । यसले ९७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स दिइएको छ ।

 यसमा डिजिटल स्पीडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ । यसका साथै, इलेक्ट्रीक लाइट, पीलन फोरेष्ट, स्प्लीट सिट, पिलन ग्राब रेल लगायतका विशेषता उपलब्ध रहेको छ ।

यामाहा एफजेड भी ३.०

आकर्षक पावरट्रेनयुक्त एफजेड भी ३.० मा उपलब्ध १५५ सीसी फोर स्ट्रोक सिंगल सिलिन्डर इन्जिनले १९ बिएच पावरका साथै १५ एनएम टर्क उत्पादन गर्छ । ६ स्पीड म्यानुअल गियर बक्स भएको लिमिटेड एडिसनको स्टान्डर्ड विशेषता अन्तर्गत एलइडी हेडल्याम्प, एलइडी टेल लाइट, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १७ –इन्च एमआरएफ टायर्स तथा स्लिपर क्लच लगाइएको छ । मोटोजिपी स्टाइल वाइन्डस्क्रिन, आक्रोपोभिक एक्सजस्ट सिस्टम, एडजस्टेबल ब्रेक, क्लच लिभर तथा एरोडायनामिक विंगलेट्स लगायतका फिचर दिएको छ । नेपाली बजारमा यो बाइकको मूल्य ३ लाख १८ हजार ९ सय रुपैयाँ रहेको छ ।

सिएफमोटो १५० एनके

सिएफमोटोको चर्चित बाइक १५० एनएके हाल ३ लाख २१ हजार रुपैयाँमा बिक्री भइरहेको छ । यसमा उपलब्ध लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिनले ९ हजार आरपीएममा १०.७ किलोवाट पावरका साथै ६८ सय आरपीएममा १२.२ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पीड गियर बक्स जोडिएको छ । यसमा १३६० एमएमको ह्वीलवेश र १५० एमएम ग्राउिन्ड क्लियरेन्स रहेको  छ । १० लिटर क्षमताको ट्यांकी भएको यो बाइकमा आकर्षक फिचर समेटिएका छन् । 


Back_to_top