‘बीजे-३०ई’ एसयूभी नेपालमा बिक्री सुरू, मूल्य १ कराेड २० लाख

काठमाडौं । बीएआइसी ग्रुपको उत्पादन नेपालमा बिक्री सुरू भएको छ । आजदेखि सुरू भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ बाट बीजे-३०ई एसयूभीको बिक्री सुरू भएको हो ।

लक्ष्मी मोटर हबले नेपाल ल्याएको हाइब्रिड एसयूभी बीजे-३० एसयूभीको मूल्य १ कराेड १९ लाख ९६ हजार रुपैयाँ कायम गरेर बिक्री थालेको छ । प्योर अफरोड एसयूभीमा म्याजिक कोर हाइब्रिड इन्जिन प्रयोग भएको छ । यसको माइलेज निकै राम्रो रहेको कम्पनीले दाबी गर्छ । १.५ लिटर टर्बो इन्जिनमा आउने बीजे-३० ई मा ५१ लिटर पेट्रोलबाट १ हजार किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

अफरोड क्षमता उत्कृष्ट रहेको बीजे-३० ई हाइब्रिड एसयूभी सबै किसिमको बाटोमा चलाउन उपयोगी हुन्छ । यो एसयूभीमा २१५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिइएको छ । साथै, गाडीको अप्रोच एङ्गल २५ डिग्री र डिपार्चर एङ्गल ३० डिग्री भएको कारण अफरोडमा पनि ढुक्कले चलाउन मिल्छ ।

बीएआइसीले आफ्नो अफरोड मेसिनमा चालकको सजिलोको लागि स्लोप एङ्गल, पिच, अल्टिटुड, एयरप्रेसर, कम्पासको अवस्था इन्स्ट्रुमेन्ट क्लस्टरमै गरेको छ । विडिङ मोडसमेत उपलब्ध भएको कारण पानी भएको स्थानमा गाडी चलाउँदा पानीको लेभल पनि मापन गरेर ‘रियल टाइम’मा देखाउने छ ।

कम्पनीका अनुसार बीजे-३० ई स्मार्ट ड्राइभिङको लागि परिचित मोडल हो । यसमा स्लो स्टार्ट, फास्ट स्टार्ट, लो स्पीड, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम उपलब्ध हुनेछ ।

बक्सी डिजाइनमा तयार भएको बीजे-३० ई को क्याबिन पनि फिचर लोडेड छ । ड्यासबोर्डमा १४.६ इन्चको स्क्रीन, ८ स्पीकर, वायरलेस चार्जर, प्रिमियम लेदर सिट दिइएको छ ।

सुरक्षाको लागि यसमा कुनै सम्झौता गरिएको छैन । ८ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, पार्किङ सेन्सर, एडास फिचर उपलब्ध छ । यी फिचरले सुरक्षासँगै चालकको लागि सहजता पनि प्रदान गर्छ ।


Back_to_top