बीएमडब्लू एफ ४५० जीएसको प्रि-बुकिङ खुला

काठमाडौं । जर्मनी प्रिमियम मोटरसाइकल निर्माता बीएमडब्लू नयाँ एड्भेन्चर एफ ४५० जीएस मोटरसाइकल प्रि-बुकिङ खुलाएको छ ।कम्पनीले यही अप्रिल २३ तारिखमा लन्च गर्न लागको एफ ४५० जीएसको भारतीय बजारमा प्रि-बुकिङ खुलाएको हो ।

कम्पनीका अनुसार ग्राहकले भारत भरका बीएमडब्लू शोरुम मार्फत बुक गर्न सक्नेछन् । ग्राहकले राज्य अनुसार न्यूनतम १० देखि ५० हजार भारु तिरेर बुकिङ गर्न सक्नेछन् ।

एफ ४५० जीएस बीएमडब्लूको सबैभन्दा किफायती जीएस सिरिज मोडल पनि हो । जसले पुरानो बीएमडब्लू जी ३१० जीएसलाई प्रतिस्थापन गर्नेछ ।

नयाँ बीएमडब्लू एफ ४५० जीएस मोडल भारतमै निर्माण भएको हो । भारतमा टीभीएस र बीएमडब्लूको सहकार्यमा बीएमडब्लूको मोटरसाइकलहरू बन्दै आएका छन् ।

कम्पनीले विल्कुलै नयाँ प्लेटफर्ममा तयार पारेको डबल पर्पस एड्भेन्चर बीएमडब्लू एफ ४५० जीएसमा ४२० सीसीको नयाँ प्यारालल ट्विन सिलिण्डर, एफआई इन्जिन प्रयोग गरिएको छ । यसले अधिकतम ८ हजार ७५० आरपीएममा ४७.५ ब्रेकहर्स पावर र ६ हजार ७५० आरपीएममा ४३ एनएम टर्क जेनेरेट गर्छ । यो सेटअपले शहर र अफरोड दुवै यात्रामा सन्तुलित प्रदर्शन दिने अपेक्षा गरिएको छ।

१३५ डिग्री क्र्याङ अफसेट र ब्यालेन्स सफ्टका कारण इन्जिनको पर्फमेन्स निकै सहज रहने बताएको छ । यो मोटरसाइकलमा ६ स्पीड गियरबक्स र चेन ड्राइभ छ ।

मोटरसाइकलको कुल तौल १७८ किलोग्राम छ । यसमा १४ लिटरको इन्धन ट्याङ्क रहेको छ । जसले करिब ३५० किलोमिटर यात्रा सम्भव बनाउने कम्पनीको दाबी छ ।

स्टिल ट्युबुलर फ्रेममा बनेको बीएमडब्लू एफ ४५० जीएस बीएमडब्लूको आर १३०० जीएस जस्तै टिपिकल एड्भेन्चर डिजाइनमा तयार भएको छ ।

यसको फ्रन्टमा केवाइबी अपसाइड डाउन यूएसडी फोर्क र रियरमा डाइरेट लिंक मोनोसक १८० एमएम ट्राभल सस्पेन्सन सेटअप दिइएको छ । जसले अनरोड र अफरोड दुवैमा यात्रा सहज बनाउने छ । यसको स्पोर्ट र जीएस ट्रफी भेरियन्टमा भने फोर्कलाई कम्प्रेसन र रिबाउण्ड एडजस्ट गर्ने सुविधा पनि दिएको छ ।

मोटरसायकलमा वायर क्रस स्पोक ह्वील अगाडि १९ इन्च र पछाडि १७ इन्च छ । ह्याण्ड गार्ड, इन्जिन गार्ड अफरोड पेग्स, ट्युबलेस टायर, दुवै टायरमा ब्रेम्बो फोर पिस्टन बाइब्रे क्यालिपर डिस्कब्रेक, स्ट्यान्डर्ड एबीएस प्रो, डाइनामिक ट्रयाक्सन कन्ट्रोल, इन्जिन ड्रयाग टर्क कन्ट्रोल, डाइनामिक ब्रेक कन्ट्रोल, मल्टिपल अफरोड राइडमोडहरू जस्ता सुरक्षा फिचरहरू स्ट्याण्डर्ड रूपमा दिइएको छ । जसले अफरोडमा चलाउन सहज बनाउँछ ।

साथै, हिटेड ग्रिप्स एक्सिलेटर, पूरा एलईडी लाइटिङ सेटअप, डीआरएल पनि स्ट्याण्डर्ड किसिमका छन् । सिफ्ट एसिस्टेन्स क्विकशिफ्टर बेसिक बाहेक सबै भेरियन्टमा उपलब्ध छ । जीएस ट्रफी भेरियन्टमा भने स्वीच गर्न मिल्ने बीएमडब्लू इजी राइड क्लच र एड्भान्स कन्फिगर क्लच दिइएको छ ।

बीएमडब्लू एफ ४५० जीएसमा कनेक्टिभिटी सहितको ६.५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल छ । यसमा राइडरलाई आवश्यक पर्ने सम्पूर्ण डिटेल्स हेर्न सकिन्छ ।

हाल नेपालमा बीएमडब्लूका मोटरसाइकल हिमालयन मोटार्डले बिक्री गर्दै आएको छ । बीएमडब्लू एफ ४५० भारतमा लन्च भएपछि नेपालमा पनि ल्याइने कम्पनीले जनाएको छ ।


Back_to_top