फिचर थपियो डिजाइन उस्तै, १० दिनपछि विक्री सुरु हुँदै ‘नयाँ जेनेरेशन ब्रेजा’

काठमाडौं । मारुती सुजुकीले आफ्नो सफल सब फोर मिटर एसयूभीको नयाँ जेनेरेशन मोडल १० दिनपछि आगामी जुन ३० मा भारतमा सार्वजनिक गर्दैछ ।

नयाँ जेनेरेशन ब्रेजाको डिजाइनमा धेरै परिवर्तन पाउन नसकेपनि यसमा फिचर भने व्यापक वृद्धि गरिएको छ । आजबाट भारतमा बुकिङ सुरु गर्दै नयाँ ब्रेजा सार्वजनिक गर्ने मिति घोषणा गरिएको हो ।

नयाँ जेनेरेशन ब्रेजामा पहिलो पटक सनरुफ दिइएको छ भने ड्यासबोर्डमा पनि ब्यापक परिमार्जन गरिएको छ । मारुती सुजुकीले ब्रेजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस स्टार्ट/स्टप बटन, हेड-अप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ, ६ वटासम्म एयरव्याग दिइएको छ ।

नयाँ एलइडी हेडल्याम्प र टेलल्याम्प, नयाँ फगल्याम्प हाउजिङ र सिल्भर कलरको स्किड प्लेट, नयाँ अलोय ह्वील, ठूलो रुफरेल, शार्क फिन एन्टेना, ड्यूल टोन कलर अप्सनको कारण नयाँ ब्रेजा निकै फिचर लोडड हुनेछ । यसको इन्जिनमा भने कुनै परिमार्जन हुने छैन । अहिले ब्रेजा १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ ।


Back_to_top