यस्तो छ जावाका सबै बीएस ६ भर्सनका मोटरसाइकलको नयाँ मूल्य

काठमाडौं । क्लासीक लेजेन्डको उपमा पाएको जावा नेपाली बजारमा बीएस ६ भर्सनमा अपग्रेड भएको छ । कम्पनीले सबैअ आफ्ना सबै मोडलहरु बीएस ६ भर्सनमा नेपाली बजारमा विक्री सुरु गरेको हो ।

जावा मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक अग्नि मोटोइंक रहेको छ । कम्पनीले जावा फोर्टी टू, जावा, र पेराकको बीएस ६ भर्सनको नेपालमा विक्री सुरु गरेको हो ।

यसअघि विक्री हुँदै आएको जावाका बीएस ४ को तुलनामा बीएस ६ भर्सनमा मूल्यसमेत वृद्धि भएको छ ।

कम्पनीले विक्री गर्ने जावा बीएस ६ सिंगल च्यानलको मूल्य ७ लाख ५ हजार र डबल च्यानलको मूल्य ७ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै बीएस ६ भर्सन जावा ४२ सिंगल च्यानलको मूल्य ६ लाख ७३ हजार रुपैयाँ र डबल च्यानलको मूल्य ७ लाख ५ हजार रुपैयाँ रहेको छ ।

त्यसै गरि जावा पेराकको मूल्य हाल ८ लाख २० हजार रुपैयाँ रहेको छ ।

योसँगै जावा आफ्ना सबै उत्पादन बीएस ६ भर्सनमा नेपाल भित्र्याउने दोस्रो कम्पनी भएको छ । यसअघि केटीएम हस्कभर्नाका सबै मोडल बीएस ६ भर्सनमा नेपालमा विक्री हुँदै आएको छ ।


Back_to_top