६५ लाखको ईभीमा २० लाख छुट

काठमाडौं । निसान लिफ इलेक्ट्रीक एसयूभीमा बम्पर छुट घोषणा भएको छ ।

निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ लाई लक्षित गर्दै निसान लिफमा २० लाख रुपैयाँ छुट घोषणा गरेको हो ।

कम्पनीले यसअघि ६४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको लिफ अब ४४ लाख ९९ हजार रुपैयाँमै आउने भएको हो ।

निसान लिफमा ४० किलोवाट आवरको ब्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । यसमा रहेको ब्याट्रीलाई फुलचार्जमा ३६३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।


Back_to_top