काठमाडौं । सरकारले करिब २९ करोड रुपैयाँ खर्चेर सिद्धार्थ राजमार्ग सुधार गर्ने भएको छ ।
बिहीबार (पुस ८ गते) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
मनित्रपरिषद्ले सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्ड सुधारका लागि एशियाली पूर्वाधार लगानी बैंकले उपलब्ध गराउने २० लाख डलर अनुदान स्वीकार्ने निर्णय गरेको हो ।
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने लाइफ लाइनको रूपमा रहेको यो सडक जीर्ण बन्दै गएकाले सुधार गर्न लागिएको हो ।

