बीवाइडीका दुई मोडलको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौं । नेपालमा बीवाइडीका दुई मोडलका कारको मूल्य बढेको छ ।

बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले आजदेखि लागू हुने गरी एटो टु र सिलायन सेभेनको मूल्य बढाएको हो ।

कम्पनीले बीवाइडी एटो टुको मूल्य १ लाख १ हजार र सिलायन सेभेनको ३ लाख १ हजार रुपैयाँ बढाएको हो ।

यसअघि ४३ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको एटो टुको मूल्य बढेर ४५ लाख रुपैयाँ पुगेको छ । एटो टु हाल वीवाइडीको सर्वाधिक बिक्री हुने मोडल समेत हो ।

त्यस्तै, कम्पनीले यसअघि ७४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको सिलायन सेभेनको मूल्य बढाएर ७८ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले नयाँ २०२६ मोडल आएसँगै मूल्य पनि बढाएको हो ।


Back_to_top