बीवाइडी एटो-२ दुई भेरियन्टमा, राइट ह्याण्ड ड्राइभ पनि तयार, आउला चाँडै नेपाल

काठमाडौं । बीवाइडीले युरोपबाट एटो-२ इलेक्ट्रीक एसयूभी बिक्री सुरु गरेको छ । चिनियाँ न्यू इनर्जी जाइन्टले लेफ्ट ह्याण्ड ड्राइभ भएकासँगै राइटह्याण्ड ड्राइभ बजारमा पनि एटो-२ बिक्री सुरु गरेको हो ।

बीवाइडीको सफल कम्प्याक्ट एसयूभी एटो-३ भन्दा सानो एटो-२ चिनियाँ बजारमा ‘युवान अप’ नामबाट बिक्री हुँदै आएको छ । चिनियाँ बजारमा चार भेरियन्टमा उपलब्ध एटो-२ युरोपमा भने एक्टीभ र बुस्ट गरी दुई भेरियन्टमा बिक्री सुरु भएको हो ।

बीवाइडीको ब्लेड ब्याट्री र कटिङ एज टेक्नोलोजी सहित आधुनिक फिचरले भरिपूर्ण एटो-२ युरोपियन सहरी ग्राहकहरुको लागि एक उत्तम विकल्प हुने बीवाइडीले जनाएको छ ।

कम्पनीले एटो-२ आफ्नो ई प्लेटफर्म ३.० मोडुलर आर्किटेक्चरमा बनाएको हो । कम्प्याक्ट डिजाइनमा भएपनि एटो-२ मा हाई बनेट लाइन र लोअर पार्टमा प्लास्टीक ट्रिम दिइएको छ । यसको अर्को राम्रो डिजाइन भनेको सबै पिल्लरहरु कालो कलरमा हुनु हो । जसले गर्दा रुफलाई फ्लोटिङ देखाएको छ ।

एटो२ को लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । यसमा ह्वीलवेस भने २६२० एमएम लामो छ । बीवाइडीको युरोपियन स्पेकमा १३० किलोवाटको फ्रन्ट माउण्टेड मोटर दिएको छ । यसले १७४ हर्सपावर तथा २९० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

बीवाइडी एटो-२ मा फ्लोटिङ १२.८ इन्चको रोटेबल सेन्टर टचस्कृन र ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइको छ । बीवाइडीका अनुसार एटो-२ मा प्रयोग भएको सिटहरु इकोफ्रेड्ली भेगान लेदरले बनेको हो । यसको अगाडिका सिटहरु इलेक्ट्रीक एड्जस्टमेन्ट र हिटीङ फेसीलीटी सहितको छ । यसका अन्य फिचरहरुमा इलेक्ट्रीक फोल्डीङ साइड मिरर, हिटेड स्टेरिङ ह्वील, एम्बीयन्ट लाइट, ८ वटा स्पीकर, फ्रन्ट तथा रियर पार्किङ सेन्सर तथा ३६० डिग्री क्यामरा छन् ।

एटो-२ मा ठूलो साइजको पानारोमिक सनरुफ र ४०० लिटरको बुटस्पेश पाउन सकिन्छ । यसको इन्ट्री भेरियन्टमा १७ इन्चको ह्वील, लेदरेट सिट, १०.१ इन्चको स्कृन, रियर भ्यूक्यामरा, रियर पार्किङ सेन्सर, ६ वटा स्पीकर तथा ६ वटा एयरव्याग रहेको छ ।

बीवाइडीले एटो-२ मा ४५.१२ किलोवाट आवारको एलएफपी ब्याट्री दिएको छ । यसलाई ६५ किलोवाटसम्मको डीसी फास्ट चार्जर तथा ११ किलोवाटसम्मको एसी चार्जले चार्ज गर्न सकिन्छ । यो ईभीको डब्लुएलटीपी रेन्ज ३१२ किलोमिटर छ ।

नेपालमा बीवाइडीका ईभीहरु निकै सफल मानिन्छन् । यस्तोमा नेपाली बजारमा पनि कम्पनीको आगामी नयाँ मोडल एटो-२ हुने लगभग पक्का छ ।


Back_to_top