केटीएमले ल्यायो दुई एड्भेन्चर मोटरसाइकल, यस्ता छन् परिवर्तन

काठमाडौं । केटीएमले भारतीय बजारमा ३९० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्बजनिक गरेको छ । कम्पनीले केटीएम ३९० एड्भेन्चरको नयाँ मोडल ल्याएको हो ।

कम्पनीले ३९० मोडललाई एड्भेन्चर र एड्भेन्चर एक्स गरी दुई भेरियन्टमा सार्वजनिक गरेको हो । कम्पनीले भारतीय बजारमा ३९० एड्भेन्चर एक्स भेरियन्टको मूल्य २ लाख ९१ हजार १४० रुपैयाँ र ३९० एड्भेन्चर भेरियन्टको ३ लाख ६७ हजार ६९९ भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

पुरानो मोडलको तुलनामा अझै धेरै एग्रेसिभ र मस्कुलर डिजाइनमा बजारमा आएको नयाँ केटीएम ३९० एड्भेन्चरमा केटीएमको सिग्नेचर यू आकारको एलइडी डिआरएल, अग्लो विन्डसिल्ड र अगाडि बढेको फेन्डर सहितको डुअल प्रोजेक्टर एलइडी हेडल्याम्प दिएको छ ।

पुरा र्याली इन्स्पायर बेस्ड बडीवर्कमा आएको नयाँ मोडलमा १४ लिटरको इन्धन ट्याकं, फ्ल्याट सिट, नकल गार्ड, इन्जिन ब्यास प्लेट, अन्डरबेली एक्जस्ट, हाई ग्राउन्ड क्लियरेन्स, डब्लुपी एपेक्स युएसडी फ्रन्ट फोक र रियरमा १० स्टेपको प्रिलोड एड्जस्टेवल मोनोसक सस्पेन्सन दिइएको छ ।

केटीएमले ३९० एड्भेन्चरमा ट्युबलेस स्पोक ह्वील र एक्स भेरियन्टमा ट्युबलेस अलोय ह्वील दिइएको छ । पुरा नयाँ एड्भेन्चर प्लेटफर्ममा निर्माण भएको ३९० एड्भेन्चर मोटरसाइकलमा ३९९ सीसी, सिंगल सिलिन्डर, लिक्वड कुल्ड, फोर स्ट्रोक, डिओएचसी, इएफआई इन्जिन दिइएको छ ।

यस इन्जिनले अधिकतम ४५.३ पीएस पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्ससँगै स्लिपर क्लच र क्विक सिफ्टर दिएको छ ।
यस मोटरसाइकलमा ब्लुटुथ कनेक्टिभिटी सहितको ५ इन्चको टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, टर्न बाइ टर्न नेभिगेसन, पुरा एलइडी लाइट, युएसबी चार्जिङ पोर्ट, स्ट्रिट, रेन र अफरोड गरी तीन राइड मोड, क्रुज कन्ट्रोल, स्वीच गर्न मिल्ने कर्नरिङ ट्रयाक्सन कन्ट्रोल, कर्नरिङ एबीएस, अफरोड एबीएस र डबल डिस्क ब्रेक जस्ता अत्याधुनिक फिचरहरु समाबेस छन् ।

यसका अलावा कम्पनीले केटीएम २५० एड्भेन्चर सेग्मेन्टमा पनि नयाँ मोडल सार्वजनिक गरेको छ । भारतीय बजारमा यसको मूल्य २ लाख ५९ हजार ८५० रुपैयाँ (एक्स शोरुम) निर्धारण गरिएको छ ।

यो मोटरसाइकल ३९० एड्भेन्चरकै प्लेटफर्ममा निर्माण भएको हो । यसमा प्रायः सबै फिचरहरु ३९० एड्भेन्चर कै दिइएको छ ।

केटीएम २५० एड्भेन्चरमा २४९ सीसीको सिंगल सिलिन्डर, लिक्वड कुल्ड, फोर स्ट्रोक, डिओएचसी, इएफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ३१ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा पनि ६ स्पीडको गियरबक्ससँगै स्लिपर क्लच र क्विक सिफ्टर पाउन सकिन्छ ।


Back_to_top