काठमाडौं । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धी हासिल गरेको भन्दै ‘एमएडब्लू अर्थमुभर्स’लाई डिलर अफ दी इयर २०२५ अवार्ड दिइएको छ ।
कम्पनीका अनुसार अवार्डले निःशर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धमा उत्कृष्ट काम भएको प्रतिबिम्बित गर्दछ। यो उपलब्धी हासिल गर्न सहयोग गर्ने सबैलाई कम्पनीले धन्यवाद दिएको छ ।
एमएडब्लूले जारी गरेको प्रेस विज्ञप्ती अनुसार जेसीबी इन्डिया लिमिटेडलाई सफलतातर्फ डोऱ्याउने कार्यकारीहरू ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका थिए।