गाडी चढ्न डाउन पेमेन्ट नचाहिने, ब्याज पनि तिर्नु नपर्ने !

काठमाडौं । चिनियाँ स्टार्टअप इलेक्ट्रीक भेहिकल कम्पनी एक्सपेङले शून्य डाउन पेमेन्टमै गाडी बिक्री गर्ने स्कीम ल्याएको छ । कम्पनीले ल्याएको उक्त स्कीम अन्तर्गत जिरो डाउन पेमेन्टमा गाडी चढ्ने र पाँच वर्षसम्म ब्याजसमेत तिर्नु पर्दैन ।

तपाईलाई स्कीमको बिस्तार लगाएको हेर्दा यो नेपालमै हो कि भन्ने लाग्न सक्छ । तर, यो स्कीममा एक्स्पेङको गाडी चढ्न तपाई चीनमा हुनु पर्नेछ । चीनमा एक्सपेङ एक्स-९ मा जिरो डाउन पेमेन्ट र जिरो ब्याजदर स्कीम ५ वर्षको लागि दिइएको हो ।

नेपालमा पनि कम्पनीहरुले कम डाउन पेमेन्ट र सून्य प्रतिशत ब्याजदर स्कीम लगाउने गरेको कारण अन्तर्राष्ट्रिय ब्राण्डहरुले दिने स्कीम हाम्रा लागि रोचक हुन सक्छन् । एक्सपेङ जी-९, एक्सपेङ पी-७ वान, एक्सपेङ जी-६ जस्ता मोडल पनि सून्य डाउन पेमेन्ट र सून्य प्रतिशत ब्याजदरमै उपलब्ध गराउने भएको हो ।

एक्सपेङले गत जनवरीमा ३० हजार ३५० युनीट कार डेलिभरी गरेको थियो । यो संख्या अघिल्लो महिना डिसेम्बर भन्दा १७.२९ प्रतिशतले कम हो । गत डिसेम्बरमा ३६ हजार ६९५ यूनिट एक्सपेङ डेलिभर भएको थियो ।

चिनियाँ बजारमा इलेक्ट्रीक भेहिकल ब्राण्ड बीच बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीहरुले नयाँ-नयाँ स्कीम ल्याउन थालेका हुन् । केही समय अगाडि अर्को इलेक्ट्रीक ब्राण्ड टेस्लाले मोडल ३ मा इन्सुरेन्समा अनुदान योजना ल्याएको थियो ।

यसअघि नै टेस्लाले मोडल ३ र मोडल वाईमा पाँच वर्षसम्म सून्य ब्याजदर स्कीम ल्याइसकेको छ । यो स्कीम फेब्रुअरी २८ तारिकसम्म निरन्तर रहेको छ ।


Back_to_top