काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले पश्चिम नेपालको धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको दिपु एण्ड दर्शना अटो पाट्र्सको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा सयौँको सङ्ख्यामा नयाँ तथा पुराना बिक्रेता र मेकानिक्स साथीहरूको सहभागिता थियो ।
धनगढीमा सम्पन्न कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड यूनियनका केन्द्रीय सदस्य रामनरेश चौधरीको प्रमुख अतिथ्यतामा भएको थियो । अन्य धेरै ट्रेड युनियनका सदस्यहरु उपस्थित थिए ।
यसैगरी, नेपालगञ्जमा सम्पन्न कार्यक्रममा बाँके अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष नरेन्द्र ओलीको प्रमुख अतिथ्यतामा भएको थियो । सुर्खेतमा भने नेपाल अटो मेकानिक्स ट्रेड यूनियनका केन्द्रीय उपाध्यक्ष रतन न्यौपानेको आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक राजन रावल र घनश्याम ओलीले गल्फका विभिन्न उत्पादनहरूको विस्तृत जानकारी प्रस्तुत गरेका थिए । उनिहरुले नेपाल ल्युब आयलको उत्पादनहरू अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा मेकानिक्सहरुलाई बुझाएका थिए ।
कार्यक्रमहरूमा गल्फ लुब्रिकेन्टका विभिन्न ठाउँहरूमा अवस्थित रिटेलर तथा पीजीएम साथीहरूलाई सेल्सको आधारमा ‘बेस्ट रिटेलर सेल्स अवार्ड’ तथा ‘बेस्ट पीजीएम सेल्स अवार्ड’ प्रदान गरिएको थियो । साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्षदेखि निरन्तर बजारमा बलियो रुपमा रहेको छ ।