बिवाइडीको नयाँ इलेक्ट्रीक एमपीभी, अटोनोमस ड्राइभिङ मुख्य आकर्षण

काठमाडौं । इलेक्ट्रीक सवारी साधन उत्पादक तथा व्याट्री उत्पादक कम्पनी बिवाइडीले नयाँ इलेक्ट्रीक एमपीभी ‘डि वान’ को प्रोटोटाइप सार्वजनिक गरेको छ । कम्पनी ल्याउने इलेक्ट्रीक एमपीभी ‘डि वान’ चीनमा पब्लिक साधनको रुपमा प्रयोग गर्नेगरि ल्याउन लागिएको जनाइएको छ ।

कम्पनीले यसलाई सेकेन्ड लेवलको अटोनोमस ड्राइभिङ सिस्टम दिने जनाएको छ । साथमा ल्याण्ड डिपार्चर वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम, ड्राइभर मोनिटरिङ सिस्टम जस्ता फिचर उपलब्ध रहने छ ।

कम्पनीले यसमा टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, पछाडि बस्ने पेसेन्जरलाई पनि छुट्टै इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । चालकलाई सहजता प्रदान गर्न मल्टी फङ्सन स्टेरिङ ह्वील दिइएको छ ।

यसमा निकै पावरफुल मोटर दिइएको छ, उक्त मोटरले १३६ बीएच पावर प्रदान गर्छ । लिथियम आयोन व्याट्रीको साथमा आउने यो एमपीभीले एक पटकको फुलचार्जमा ४१८ किलोमिटर रेञ्ज प्रदान गर्ने छ ।

बिवाइडी र दिदी ट्रान्सपोर्ट बीच सम्झौंता भएर उत्पादन हुन लागेको यो इलेक्ट्रीक कारले सार्वजनिक यातायातमा ठूलो परिवर्तन ल्याउने अनुमान गरिएको छ ।


Back_to_top