यामाहा एमटी १५ मा बिभिन्न ११ कलरमा

काठमाडौं । यामाहाले एमटी १५ लाई विभिन्न ११ यूनिक कलरमा बजारमा उतारेको छ । योसँगै एउटै मोडलमा सर्वाधिक कलर भेरियन्टमा उपलब्ध रहने मोटरसाइकलको सूचीमा एमटी १५ परेको छ ।

‘कस्टुमाइज योर वारियर’ नारासहित कम्पनीले हिजोबाट भारतमा नयाँ कलर स्कीम संचालन गरेको हो । कम्पनीले एमटी १५ को ह्वीलमा विभिन्न १४ कलर अप्सन दिएको छ भने बडी कलर ११ किसिमको रहेको छ ।

यामाहा एमटी १५ मा टिपिकल स्ट्रिट बाइक हेडलाइट दिइएको छ । जुन एमटी ०९ बाट प्रभावित छ र यसमा एउटा थप प्रोजेक्टर हेडलाइट छ । यसको डेल्टाबक्स फ्रेम टाढैबाट स्पष्ट रुपमा देखिन्छ । अगाडिको फर्क यामाहा आर १५ भी ३ कै प्रयोग गरिएको छ ।

नयाँ एमटी १५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा भीभीए (भेरिएबल भल्भ एक्चुएसन) सिस्टम छ । यसले कम र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ ।

यसमा ‘ए एन्ड एस क्लच’ छ जसले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ । एमटी १५ मा सिंगल च्यानल एबीएस रहेको छ ।

आर १५ भी ३ को समान इन्जिन यसमा राखिएको छ, जसले १० हजार आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ ।

नयाँ एमटी(१५ को बेजोड लुक्स मात्र होइन टेक्नोलोजी पनि अन्तर्राष्ट्रिय बजारमा परिचित एमटी डीएनएबाट प्रभावित छ । यसको ग्राउन्ड क्लियरेन्स १५५ एमएम छ भने वजन (फुल ट्यांक पेट्रोलसहित) १३८ केजी छ । भीभीए सिस्टमले उच्च टप एन्ड पावर दिलाउँछ भने बाइपास थर्मोस्ट्याटले इन्जिनलाई तातो हुनबाट बचाउँछ ।

त्यसैगरी, पछाडिको पांग्राबाट आउने ड्राइभ फोर्स च्यासिसमा पर्छ जसले बाइकलाई भर्टिकल्ली, होरिजेन्टल्ली र टर्सनल्ली रिजिड बनाइदिन्छ ।

डार्क थिमसहितको आएको नयाँ डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन र प्रभावशाली डिजाइन ल्याङवेज यसका अन्य विशेषता हुन् ।याहामा एमटी १५ को मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ ।


Back_to_top