कार किन्नेलाई नयाँ अफरः दशैंमा गाडी किन्दा कम्पनीले घर सफा गरिदिने

काठमाडौं । इलेक्ट्रीक कार उत्पादक कम्पनी बिवाइडीको लागि नेपालको आधिकारीक विरतक साइमेक्स इंक प्रालिले चाडपर्वमा इलेक्ट्रीक कार किन्ने ग्राहकलाई अनौठो अफर दिने भएको छ । कम्पनीले बिक्री गर्ने इलेक्ट्रीक कार किन्नेले दशैंमा आफ्नो घर सफा गर्न नपर्ने भएको छ । यसरी कार किन्ने ग्राहकको घर कम्पनीले नै सफा गरिदिने भएको हो । 

बिवाइडीले नाडा अटो शोको अवसर पारेर सार्वजनिक गरेको इलेक्ट्रीक कार एम–३ र अर्काे कार इ–६ मा मेगा बम्पर अफर ल्याएको हो । 

नाडा अटो शोमा ल्याएको अफर योजनालाई आगामी दशै–तिहारसम्म प्रदान गर्ने कम्पनीले जनाएको छ । यी मोडलका इलेक्ट्रीक कार खरिद गर्न चाहने ग्राहकले एक वर्षसम्मको निःशुल्क इन्स्योेरेन्स, एक्सचेन्ज अफर, ८० प्रतिशतसम्मको फाइनान्स सुविधा पाउने छन् । 

त्यसैगरी बिवाइडीको चार्जिङ स्टेशनबाट एक वर्षसम्म निःशुल्क चार्जिङ सुविधा, निःशुल्क होम चार्जरको अफर ल्याएको हो । 

कम्पनीले त्यतिमात्र नभएर स्क्राच कार्डमार्फत ५० हजारसम्मको एडिडासका ब्राण्डेड सामान खरिद गर्ने सफिङ भउचरको साथै मेगा अफरमा एक जोडीलाई ११ दिनको युरोप भ्रमणसम्म पाउने कम्पनीले जनाएको छ । 

हाल, कम्पनीले नेपाली बजारमा  बिक्री गर्दै आएको एम–३ को मूल्य ४६ लाख ५० हजार रुपैयाँ रहेको छ भने, इ–६ को मूल्य ६५ लाख रुपैयाँ रहेको छ । 

बिवाइडीले २० प्रतिशत डाउपेमेन्टमै ९.९९ प्रतिशत ब्याजदरमा इलेक्ट्रीक कार किन्न सकिने अफर ल्याएको छ । त्यसकालागि कम्पनीले ग्लोबल आइएमई बैंक, इभरेष्ट बैंक, नविल बैंक, सनराइज बैंक र इन्भेष्टमेन्ट बैंकसँग फाइनान्स सुविधाको लागि सम्झौता गरेको छ । 


Back_to_top