काठमाडौं । बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ ।
कम्पनीले यही माघ ९ गतेदेखि १३ गतेसम्म उक्त मेला आयोजना गर्न लागेको हो ।
५ दिनसम्म चल्ने एक्स्चेन्ज फेस्टमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो गाडीसँग बीवाइडीको ब्राण्ड न्यू ईभीहरू एटो ३, डल्फिन र एम ६ साट्न सक्नेछन् ।
एक्सचेन्जमा ग्राहकले उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसोरिज र निःशुल्क चार्जर जडानको सुविधा पाउनेछन् ।
एक्सचेन्ज मेला काठमाडौं उपत्यकाका ५ स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा अयोजना हुनेछ ।

