काठमाडौं । बीवाइडीको फ्ल्यागशिप एसयूभी ग्रेट टयाङमा उपभोक्ताको उच्च आकर्षण देखिएको छ । कम्पनीले २०२६ बेइजिङ अटो शोमा सार्वजनिक गरेको ग्रेट टयाङ बुकिङ खुलाएको ४८ घण्टामै ६० हजार युनिट बढी अर्डर भएको हो ।
यसअघि कम्पनीले बुकिङ खुलाएको पहिलो २४ घण्टामा ३० हजार युनिट अर्डर भएको आधिकारिक घोषणा गरेको थियो । तर, पछिल्लो समय देशभरका डिलरहरुबाट संकलन गरिएको तथ्यांक अनुसार ४८ घण्टामा ६० हजार युनिट बुकिङ नाघेको हो ।
बीवाइडीका चीनभर १८०० बढी आउटलेटबाट उक्त संख्यामा बुकिङ भएको हो । यस आधारमा प्रतिमिनेट २०.८३ (२१ युनिट) ग्रेट ट्यांक बुकिङ भएको देखिन्छ । यद्यपि, बीवाइडीले यस बारे आधिकारिक जानकारी दिएको छैन ।
केही अनलाइन पोष्टहरुले भने ७२ घण्टा भित्र १ लाख युनिट बढी बुकिङ भइसकेको दाबी गरेका छन् । यद्यपि यी तथ्यांकहरू प्रमाणित भएका छैनन् । आधिकारिक वा डिलर स्तरको रिपोर्टिङमा आधारितमा छैन ।
बीवाइडीले ग्रेट ट्यांकको मूल्य ३६ हजार अमेरिकी डलरदेखि ४६ हजार अमेरिकी डलरसम्म तोकेको छ । बीवाइडीको डाइनेस्टि लाइनअप अन्र्तगतको सबैभन्दा ठूलो एसयूभीको रूपमा ग्रेट ट्याङ ल्याएको हो । यसको लम्बाइ ५३०२ एमएम, चौडाइ १९९९ एमएम र उचाइ १८०० एमएम छ । यसको ह्वीलबेस ३१३० एमएम छ ।
फुलसाइज ७ सिटे यो एसयूभी बीवाइडीले नयाँ डिजाइनमा तयार पारेको हो । यसमा नयाँ डिजाइनको भर्टिकल हेडलाइट समावेस गरिएको छ । इन्टेरियरमा फ्लोटिङ सेन्टर कन्सोल र यात्रुका लागि छुट्टै इन्टरटेन्मेन्ट स्क्रीन उपलब्ध छ । यसको रियर डिस्प्ले भने माथि रुफमा माउन्ट गरिएको छ ।
ग्रेट ट्याङमा नयाँ जेनेरेशन ब्लेट ब्याट्री प्रयोग गरिएको छ । जसलाई १ हजार भोल्ट हाइ भोल्टज प्लेटफर्ममा तयार पारिएको छ ।
बीवाइडी ट्याङलाई कम्पनीले रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ गरी दुई भर्सनमा ल्याएको छ । यसको रियर ह्वील ड्राइभ भर्सनले ९५० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणीत गरेको छ ।
यसको डुअल मोटर अल ह्वील ड्राइभ मोडलले ५८५ किलोवाट पावर जेनेरेट गर्छ । यो एसयुभी ३.९ सेकेण्डमा ० देखि १०० को स्पीडमा पुग्छ ।
ग्रेट ट्याङमा १० सी रेटको फास्ट चार्जिङ क्षमताको पीक करेन्ट सर्पोट गर्छ । यो चीनमा उत्पादन भएको सबैभन्दा उच्च चार्जिङ क्षमता भएको एसयूभी मध्य एक हो ।

