काठमाडौं । पछिल्लो समय नेपालमा टुरिङ कल्चर फस्टाउँदो क्रममा छ । प्रोफेसनलदेखि साधारण राइडरहरूसम्म एड्भेन्चर टुरर सेग्मेन्टमा आकर्षित हुँदै गएको देखिन्छ ।
दैनिक प्रयोगसँगै लामो दूरी र अफरोड यात्रालाई राम्रो स्मरणीय बनाउन धेरै राइडरहरूले पछिल्लो समय एड्भेन्चर मोटरसाइकल रोज्न थालेका छन् ।
शक्तिशाली इन्जिन, उच्च गउण्ड क्लियरेन्स, हलुका तौल, लामो सस्पेन्स हुने लगायत कारणले टुरका लागि एड्भेन्चर मोटरसाइकल उपयुक्त हुन्छन् ।
नेपाली बजारमा हाल करिब १ दर्जन ब्राण्डका एड्भेन्चर मोटरसाइकल छन् । नयाँ नयाँ ब्राण्ड भित्रिने क्रम पनि बढ्दो छ । यसैबीच, प्रिमियम इटालियन मोटरसाइकल ब्राण्ड मोर्बिडेली नेपालमा औपचारिक रूपमा प्रवेश गरेको छ ।
वैद्य ग्रुप अन्तर्गतको वैद्यज् इनर्जीले गत महिनादेखि मोर्बिडेली ब्राण्डका ३ मोडल टी ३५२ एक्स, टी ५०२ एक्स र टी १००२ भीएक्स बिक्री सुरू गरेको छ । कम्पनीले इन्ट्री लेभलदेखि प्रिमियम सेग्मेन्टसम्मका मोटरसाइलक उपलब्ध गराएको छ । ती मोटरसाइकलले हाल नेपाली बजारमा राम्रो चर्चा बटुलिरहेको देखिन्छ ।

यहाँ हामीले नयाँ ब्राण्ड मोर्बिडेली नेपालका लागि उपयुक्त हुनसक्ने कारण बारे चर्चा गरेका छौं ।
सेग्मेन्ट अनुसार छुट्टै डिजाइन
तीनै मोडलको बडी डिजाइन फरक-फरक छ । यी मोटरसाइकलमा युवा लक्षित लङ टुरर डिजाइन पाउन सकिन्छ ।
मोर्बिडेलीले आफ्नो लाइनअपलाई स्पष्ट रूपमा तीन तहमा विभाजन गरेको छ । टी ३५२ एक्स इन्ट्री लेभल एड्भेन्चर टुररका रूपमा शहर र हल्का अफरोड दुवै प्रयोगका लागि उपयुक्त मोडल हो । यसको मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ छ ।
त्यस्तै, टी ५०२ एक्स मध्यम क्षमताको विकल्पका रूपमा लामो दूरीको टुरिङ र सन्तुलित पावर डेलिभरीमा केन्द्रित छ । यसको मूल्य १३ लाख ४९ हजार ९०० रुपैयाँ छ ।
टी १००२ भीएक्स उच्च क्षमताको प्रिमियम एड्भेन्चर मोटरसाइकल हो । जसले कठिन भू-भाग र उच्च प्रदर्शन खोज्ने राइडरलाई लक्षित गर्छ । यो विशेषतः एड्भेन्चर मोटरसाइकलका सौखिन, जसले जति पनि पैसा खर्च गर्न सक्छन्, उनीहरूलाई लक्षित गरेर ल्याइएको हो । यसको मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

आधुनिक प्रविधि र फिचर
मोर्बिडेलीले आफ्ना उत्पादनमा आधुनिक प्रविधि र लेटेस्ट फिचर दिएको छ । यी तीनै मोडलमा डिजिटल डिस्प्ले, कनेक्ट सिस्टम, एड्भान्स भी ट्वीन इन्जिन, ट्रयाक्सन कन्ट्रोल, डबल च्यानल एबीएस, राइडिङ मोड, अफरोड मोड, ट्युवलेस वायर स्पोक ह्वील, पीरेली टायर, लंग ट्राभल सस्पेन्सन सेटअप, पूरा एलईडी लाइट लगायतका निकै एड्भान्स फिचरहरू समावेश गरिएको छ ।
मोटरसाइकल विशेषगरी एप फङ्सन सिस्टम, एन्टि थेप्ट अप्सन, एसओएस प्यानिक बटन र डबल केबल थ्रोटल कन्ट्रोल जस्ता एड्भान्स इलेक्ट्रोनिक्स सिस्टम, निकै सुरक्षा फिचर, टुरर अफरोड प्रेरित डिजाइनसँगै शक्तिशाली इन्जिन संयोजनले प्रिमियम सेग्मेन्टमा बलियो रहेको देखिन्छ । यी मोटरसाइकलमा पाइने केही फिचरहरू नेपालमा उपलब्ध एड्भेन्चर मोटरसाइकलहरू मध्यकै पहिलो पनि रहेका छन् ।

नेपाली सडकका लागि व्यवहारिक सेटअप
उच्च ग्राउण्ड क्लियरेन्स, लामो सस्पेन्सन ट्राभल, आरामदायी सीट, विन्डस्क्रीन र सुरक्षा फिचरहरू जस्ता विशेषताले यी मोटरसाइकल नेपालका लागि उपयुक्त देखिन्छन् । तीनै मोडल शहरदेखि पहाडी, हिमाली क्षेत्रका अफरोडसम्म सहजै चलाउन मिल्ने गरी डिजाइन गरिएको छ ।
मूल्य
मोटरसाइकलमा उपलब्ध फिचर र प्रतिस्पर्धीका तुलनामा मोर्बिडेलीका मोटरसाइकलको मूल्य तुलनात्मक रूपमा सस्तो छ । जसले ग्राहकलाई तान्न सक्छ ।
मोर्बिडेलीका यी तीन मोटरसाइकलले नेपाली बजारमा नयाँ विकल्प मात्र नभई प्रतिस्पर्धालाई समेत नयाँ स्तरमा पुर्याउन सक्ने संकेत देखिन्छ ।

