ट्राफिकले झिक्यो १५० सवारीको फग लाइट र प्रेसर हर्न

काठमाडौं । ट्राफिक प्रहरीले १५० वटा सवारी साधनमा राखिएको फग लाइट र प्रेसर हर्न (सोली) हटाएको छ ।

रुपन्देहीस्थित चिडिया खोला कालार्ययबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकमा चल्ने सवारी साधनमा अनावश्यक रुपमा आफुखुसी जडान गरिएका फग लाइट र प्रेसर हर्न हटाएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार ती सवारीका चालकलाई आवश्यक सम्झाइ बुझाइ छाडिएको छ ।

साथै, ट्राफिक प्रहरीले सबैलाई सवारी साधनमा अनावश्यक प्रेसर हर्न र फग लाइट नराख्न अनुरोध गरेको छ । प्रेसर हर्नले ध्वनी प्रदूषण बढाउनका साथै मानव स्वस्थ्यमा समेत असर गर्दछ ।


Back_to_top