९०० किमी रेन्ज दिने बीवाइडीको फुलसाइज एसयूभी सार्वजनिक

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले आफ्नो फुलसाइज एसयूभी ‘सिलायन ०८’ सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि सुरू भएको ‘२०२६ बेइजिङ अटो शो’मा उक्त एसयूभी सार्वजनिक गरेको हो ।

सिलायन ०८ को लम्बाइ ५११५ एमएम छ । जुन मर्सिडीज बेन्ज जीएलएसभन्दा ९२ एमएम मात्रै छोटो हो । यसको चौडाइ १९९९ एमएम, उचाइ १८०० एमएम र ह्वीलबेस ३,०३० एमएम छ ।

सिलायन ०८ बीवाइडीको ओशन सिरिजको एक फ्ल्यागशिप मोडेल हो। यसमा ‘मरिन एस्थेटिक्स’ डिजाइन ल्याङग्वेज अपनाइएको छ । जसमा लामा हेडलाइटहरू र चिल्लो बडी लाइनहरू छन्।

बीवाईडी सिलायन ०८ क्रसओभर एसयूभी ५ र ६ सिटमा उपलब्ध छ । यसमा बीवाईडीको ग्रेट ट्याङ क्रसओभरमा रहेको नवीनतम प्रविधि अपनाइएको छ । यसमा डुअल चेम्बर एयर सस्पेन्सन र रियर ह्वील स्टेयरिङ समावेश छन् ।

यो एसयूभीले बीवाइडीको फ्ल्यास चार्जिङ प्रविधि सपोर्ट गर्छ । दोस्रो पुस्ताको ब्लेड ब्याट्री रहेको यो एसयूभी १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न केबल ९ मिनेट मात्रै लागछ ।

सिलायन ०८ मुख्य विशेषता भनेको यो डुअल मोटर अल ह्वील ड्राइभ सिस्टममा बनेको छ । यसमा ६४३ हर्षपावर शक्ति दिने पावरफुल इलेक्ट्रीक मोटर छ । शक्तिशाली मोटरकै कारण यो एसयूभीले करिब ५ सेकेण्डमै १०० किमी प्रतिघण्टाको स्पीट भेटाउन सक्छ ।

बीवाइडीले सिलायन ०८ को अधिकारीहरूले ब्याट्री क्षमता खुलाएको छैन । यद्यपि, यसले एकपटको फुलचार्जमा ९०० किलोमिटरको सीएलटीसी रेन्ज प्रदान गर्दछ । बीवाइडीका अनुसार यो उद्योगकै सबैभन्दा धेरै आँकडा हो ।


Back_to_top