काठमाडौं । होण्डा नेपालले काठमाडौंको त्रिपुरेश्वरमा अत्याधुनिक प्रविधियुक्त नयाँ थ्री एस शोरुम संचालनमा ल्याएको छ ।
नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले शुक्रबारदेखि त्रिपुरेश्वरमा नयाँ थ्री एस (सेल्स, सर्भिस, स्पेयर पार्टस्) शोरुम संचालनमा ल्याएको हो ।
ग्राहकलाई एकै छानामुनि बिक्री, सेवा तथा जेन्युइन स्पेयर पाट्र्स सुविधा उपलब्ध गराउने उद्देश्यले कम्पनीले नयाँ शोरुम संचालनमा ल्याएको हो ।
नयाँ शोरुमले राजधानीका ग्राहकलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीले बताएको छ। आधुनिक सुविधा सम्पन्न उक्त शोरुममा होण्डाका मोटरसाइकल तथा स्कुटरको प्रदर्शन, टेस्ट राइड, सर्भिसिङ तथा बिक्रीपछिको सेवा उपलब्ध हुने जनाइएको छ ।

कम्पनीका अनुसार थ्री एस अवधारणाले ग्राहक अनुभवलाई थप सशक्त बनाउनेछ। एउटै स्थानबाट सम्पूर्ण सेवा पाउने व्यवस्थाले ग्राहकको समय बचत हुनुका साथै आफ्टर सेल्स सपोर्ट पनि अझ प्रभावकारी हुने विश्वास गरिएको छ ।
होण्डा निकै चर्चित जापानीज मोटरसाइकल तथा स्कुटर ब्राण्ड हो । नयाँ शोरुम उद्घाटन समारोहमा होण्डा मोटर कम्पनीका उपाध्यक्ष तथा एसिया तथा ओसिनिया क्षेत्रीय इकाई प्रमुख एवं एसोसिएटेड रिजन अपरेसन्स प्रमुख तोसिओ कुवाहारा, होण्डा मोटरसाइकल बिजनेस युनिटअन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट-२ का विभागीय प्रबन्धक योशिकी कामिओ र मोटरसाइकल बिजनेस युनिटअन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट-२ अन्तर्गतकै प्रतिनिधि पीआइसी कोजिरो कामिया पनि उपस्थित थिए ।


