काठमाडौं । नेपाली बजारमा किङलङ १६ सिटर इलेक्ट्रीक भ्यान सार्वजनिक भएको छ । नेपालका लागि किङलङको आधिकारिक बिक्रेता सीजी माटर्सले अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फमेन्स भएको नयाँ १६ सिटे भ्यान बिक्री सुरु गरेको हो ।
कम्पनीको नयाँ इलेक्ट्रीक भ्यानको मूल्य ७२ लाख ५० हजार रुपैयाँ तोकेको छ । यो नयाँ मोडेलले नेपालको कमर्शियल सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।
यो १६ सिटर भ्यानमा ७५.४१ किलोवाट आवर ब्लेड ब्याट्री रहेको छ । जुन यस सेग्मेन्टमै पहिलो हो । यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेन्ज प्रदान गर्दै दैनिक संचालनलाई अझ विश्वसनीय बनाउँछ ।
यो भ्यानमा १२० किलोवाटको शक्तिशाली मोटर छ । यसको आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउँछ ।
कम्पनीले यो भ्यानको मोटर र ब्याट्रीमा ७ वर्ष वा ४ लाख किलोमिटर वारेन्टी दिएको छ ।
यो भ्यान नेपालमा बढ्दो इको फ्रेण्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको सीजी मोटर्सले जनाएको छ ।
हालसम्म नेपालमा किङलङका ५ हजार युनिट बढी सवारी बिक्री भइसकेका छन् । सीजी माटर्सले देशभर २६० चार्जिङ स्टेशन, २० सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।
किङलङ सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल भेहिकल निर्माता कम्पनी हो। तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्शियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

