बीवाइडी ग्रेट टयाङमा उच्च आकर्षण, २४ घण्टामै ३० हजार बुकिङ

काठमाडौं । बीवाइडीको फ्ल्यागशिप एसयूभी ग्रेट टयाङमा उपभोक्ताको उच्च आकर्षण देखिएको छ । कम्पनीले २०२६ बेइजिङ अटो शोमा सार्वजनिक गरेको ग्रेट टयाङ बुकिङ खुलाएको प्रि २४ घण्टामै ३० हजार युनिटभन्दा धेरै अर्डर भएको हो ।

बीवाइडीले ३६ हजार अमेरिकी डलरदेखि ४६ हजार अमेरिकी डलरसम्म मूल्य तोकेर सार्वजनिक गरेको ग्रेट ट्याङ उत्साहजनक बुकिङ प्राप्त गरेको हो ।

बीवाइडीको डाइनेस्टि लाइनअप अन्र्तगतको सबैभन्दा ठूलो एसयूभीको रूपमा ग्रेट ट्याङ ल्याएको हो । यसके लम्बाइ ५३०२ एमएम, चौडाइ १९९९ एमएम र उचाइ १८०० एमएम छ । यसको ह्वीलबेस ३१३० एमएम छ ।

फुलसाइज ७ सिटे यो एसयूभी बीवाइडीले नयाँ डिजाइनमा तयार पारेको हो । यसमा नयाँ डिजाइनको भर्टिकल हेडलाइट समावेस गरिएको छ । इन्टेरियरमा फ्लोटिङ सेन्टर कन्सोल र यात्रुका लागि छुट्टै इन्टरटेन्मेन्ट स्क्रीन उपलब्ध छ । यसको रियर डिस्प्ले भने माथि रुफमा माउन्ट गरिएको छ ।

ग्रेट ट्याङमा नयाँ जेनेरेशन ब्लेट ब्याट्री प्रयोग गरिएको छ । जसलाई १ हजार भोल्ट हाइ भोल्टज प्लेटफर्ममा तयार पारिएको छ ।
बीवाइडी ट्याङलाई कम्पनीले रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ गरी दुई भर्सनमा ल्याएको छ । यसको रियर ह्वील ड्राइभ भर्सनले ९५० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणीत गरेको छ ।

यसको डुअल मोटर अल ह्वील ड्राइभ मोडलले ५८५ किलोवाट पावर जेनेरेट गर्छ । यो एसयुभी ३.९ सेकेण्डमा ० देखि १०० को स्पीडमा पुग्छ ।

ग्रेट ट्याङमा १०सी रेटको फास्ट चार्जिङ क्षमताको पीक करेन्ट सर्पोट गर्छ । यो चीनमा उत्पादन भएको सबैभन्दा उच्च चार्जिङ क्षमता भएको एसयूभी मध्य एक हो ।


Back_to_top