एथरले पूरा गर्यो ६ लाख युनिटको माइलस्टोन

काठमाडौं । एथर इलेक्ट्रीक स्कुटरले ६ लाख युनिटको माइलस्टोन पूरा गरेको छ । एथर इनर्जीले उत्पादन थाले ८ वर्षमा ६ लाख युनिट पूरा गरेको हो ।

सन् २०१८ देखि इलेक्ट्रीक स्कुटर उत्पादन सुरू गरेको कम्पनीले हालसम्म ६ लाख ४ हजार ४९७ युनिट उत्पादन गरेको हो । जसमा पछिल्लो १६ महिनामै ३ लाख भन्दा धेरै स्कुटर उत्पादन तथा बिक्री गरेको छ । कम्पनीको कुल बिक्रीको ५० प्रतिशत हिस्सा १६ महिनामा पूरा गरेको हो ।

उत्पादनको सुरूवाती समयमै कोभिड महामारीको सामना गरेको कम्पनीले सन् २०२२ मा झण्डै ५२ हजार युनिट स्कुटर बिक्री गर्दै ८ प्रतिशत बजार हिस्सा बनाउन सफल भएको थियो ।

सन् २०२३ मा पहिलो पटक १ लाख युनिट बिक्री हासिल गरेको थियो । सन् २०२४ मा १ लाख २६ हजार युनिट र सन् २०२५ मा २ लाख १ हजार युनिटभन्दा धेरै स्कुटर बिक्री गर्दै १६ प्रतिशत बजार हिस्सा कायम गर्दै तेस्रो ठूलो ब्राण्डका रूपमा बलियो उपस्थिति जनाएको छ ।

पछिल्लो समय एथर रिज्ताको बिक्री निकै राम्रो छ । यसले पनि कम्पनीका यो माइलस्टोन पूरा गर्न प्रमुख भूमिका खेलेको छ । त्यस्तै कम्पनीले भर्खरै सुरू गरेको ब्याट्री एज सर्भिस (बास) मोडलले पनि स्कुटरको बिक्रीमा बुस्ट गरेको छ ।

नेपालमा पनि एथर सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रीक स्कुटर ब्राण्ड हो ।


Back_to_top