काठमाडौं । इटलियन फुटबल क्लब इन्टर मिलान बीवाइडीको ग्लोबल अटोमोटिभ पार्टनर बनेको छ । बीवाइडी ग्रुपले इन्टर मिलानलाई ३ वर्षका लागि ग्लोबल अटोमोटिभ पार्टनरमा नियुक्त गरेको हो ।
यो सम्झौता अटोमोटिभ र फुटबल बीचको सबैभन्दा महत्त्वपूर्ण सहकार्य मध्ये एक रहेको कम्पनीको भनाइ छ । यस सहकार्यले प्रतिभा प्रवद्र्धन गरेर खेल भावनालाई वास्तविकतामा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । साथै, प्रमुख बजारहरूमा व्यापक उपस्थिति विस्तार गर्नेछ ।
इन्टर मिलानका विश्वभर ५३ करोड बढी फ्यान रहेका छन् । पछिल्लो ५ वर्षमा मिलान फ्यानबेस वृद्धिको आधारमा विश्वव्यापी फुटबल क्लबहरूमध्ये दोस्रो स्थानमा छ ।
बीवाइडीको हेटक्वाटर रहेको चीनकमा क्लबको १५ करोड फ्यान रहेका छन् भने बीवाइडीको मुख्य बजार दक्षिण अमेरिकामा ९ करोड बढी फ्यान रहेका छन् ।
पछिल्लो समय बीवाइडीले आफूलाई विश्वव्यापी रुपमा एनईभी लिडरको रुपमा स्थापित गर्दै लगेको छ । सन् २०२४ मा मात्रै कम्पनीले ४२ लाख युनिट सवारी साधन बिक्री गरेको थियो । जुन अघिलो वर्षको तुलनामा ४१ प्रतिशतको वृद्धि हो ।

