काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले आफ्नो बिक्री नेटवर्कको संख्या १२ पुर्याएको छ । कम्पनीले हिजो बुधबार ललितपुरको पुलचोकमा नयाँ शोरुम संचालनमा ल्याएसँगै बिक्री केन्द्र १२ वटा पुर्याएको हो ।
कम्पनीको १२ शोरुम ईको ड्राइभको नामबाट पुलचोकमा संचालनमा आएको हो । उक्त शोरुमको उद्घाटन ललितपुरका मेयर चिरिबाबु महर्जनले गरेका थिए ।
नयाँ शोरुमबाट बीवाइडीले बिक्री गर्दै आएको एटो-३ र डल्फीन मोडलको बिक्री सुरु भएको छ । छिट्टै कम्पनीले थप नयाँ मोडल पनि बिक्री सुरु गर्न लागेको हो ।
बीवाइडीको प्रिमियम सेडान कार सिल पनि भोलि शुक्रबारबाट नेपालमा बिक्री सुरु हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल थ्री र हुन्डाई आयोनीक-६ सँग सिधा प्रतिस्पर्धा गरिरहेको बीवाइडी सिल विभिन्न तीन भेरियन्टमा बिक्री सुरु हुँदैछ ।
नयाँ कारसँगै बीवाइडीसँग अल न्यू इ६, एटो-३, डल्फीन र सिल गरी ४ मोडल उपलब्ध हुनेछ । साथै कम्पनीले आफ्नो सर्भिस नेटवर्क पनि तिब्र गतिमा विस्तार गरिरहेको जनाएको छ । कम्पनीसँग देशभर अहिले ९ स्थानमा सर्भिस सेन्टर रहेको छ ।

