काठमाडौं । भारतीय बजारमा बीवाइडीले प्रिमियम एसयूभी सिलायन ७ लन्च गरेको छ । बीवाइडीको ई-प्ल्याटफर्म ३.० मा बनेको यो लग्जरी एसयूभीको प्रिसमयम र पर्फर्मेन्स गरी दुई भेरियन्टमा सार्वजनिक गरिएको हो ।
भारतीय बजारमा प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९० हजार भारु र पर्फमेन्स भेरियन्टको मूल्य ५४ लाख ९० हजार भारु तोकिएको हो । यसको डेलिभरी आगामी मार्च ७ देखि सुरू हुनेछ ।
नेपालमा पनि गत नाडा अटोशोमा सिलायन ७ शोकेश गरिएको थियो भने चाँडै ल्याउने तयारी भइरहेको छ ।
सिलायन ७ ईभीको प्रिमियम भेरियन्टमा रियरह्वील ड्राइभ मोटर रहेको छ भने पर्फमेन्स मोडलमा अलह्वील ड्राइभ अप्सन पाउन सकिन्छ ।
सिलायन ७ को दुवै भेरियन्टमा समान साइजको ८२.५६ किलोवाट आवरको ब्लेड ब्याट्रीप्याक रहेको छ । यसको प्रिमियम भेरियन्टको डब्लूएलटीपी रेन्ज ४८२ किलोमिटर र पर्फमेन्स भेरियन्टको ४५६ किलोमिटर रहेको छ ।

बीवाइडीले सिलायन ७ मा पावरफुल मोटर दिएको छ । यसको रियर ह्वील ड्राइभ प्रिमियम भेरियन्टमा २३० किलोवाटको मोटर दिएको छ, जसले ३१३ हर्सपावर तथा २८० न्युटन मिटरको टर्क जेनेरेट गर्छ । त्यस्तै पर्फमेन्स भेरियन्टको अलह्वील ड्राइभ अप्सनमा ३९० किलोवाटको मोटर रहेको छ । यो मोटरले ५३० हर्सपावर तथा ६९० न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।
सिलायन ७ को फ्रन्टमा डबल यू डिजाइनको फ्लोटिङ एलईडी हेडलाइट, कर्भी डिजाइनको फुलविथ एलईडी टेललाइट, फ्लस डोर ह्याण्डल, २० इन्चको ह्वील तथा डकटेल डिजाइनको रियल स्पोइलर यसको एक्सटेरियर फिचर छन् ।
मिड साइज एसयूभी सिलायन ७ को लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम तथा २९३० एमएमको ह्वीलबेस रहेको छ । यो ईभीको बनेट मुनि ५८ लिटरको ट्रक तथा रियरमा ५०० लिटरको बुटस्पेश रहेको छ ।

आकर्षक डिजाइन तथा प्रिमियम फिचरप्याक यसको इन्टेरियर डिजिटल कन्ट्रोल सहितको रहेको छ । यसमा दिएको रिदम फङ्सन सहितको आरजीबी डाइनामिक मुडलाइटले क्याबिनलाई रिच फिल गराउन सफल भएको छ ।

नापा लेदर कभर रहेको एटवे पावर एड्जस्टमेन्ट सहितको भेन्टीलेटेड फ्रन्टसिट,फोरवे पावर लम्बार एड्जस्टमेन्ट, मेमोरी फङ्सन, सिक्सवे पावर फ्रन्ट प्यासेन्जर सिटले चालक री प्यासेन्जरलाई सहज बनाएको छ ।
सुरक्षाको लागि यो एसयूभीमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङ सहित १२ वटा सेन्सर, राडार, डिजिटल भिडियो रेकर्डर, हिलहोल्ड, अटोहोल्ड, हाइबिम असिस्ट, लेन डिपार्च वार्निङ, इमेर्जेन्सी लेन किपिङ असिस्ट, फ्रन्ट क्रस ट्राफिक ब्रेक, रियर क्रस ट्राफिक ब्रेकसहितको एडास फिचर रहेको छ ।

