बीवाइडीले नाडा अटो शोमा नयाँ गाडी ल्याउने

काठमाडौं । आगामी भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा नयाँ मोडल ल्याउने भएको छ । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले ७ सिट क्षमताको ‘एम-६’ मोडल ल्याउने भएको हो ।

कम्पनीले आधिकारीक रुपमा एम-६ नेपाल ल्याउने घोषणा भने गरिसकेको छैन । चीनमा भर्खरै मात्र एम-६ को राइट ह्याण्ड ड्राइभ भर्सन देखिएको थियो । विशेषगरी ई-६ मोडल सफल भएका बजारमा एम-६ जान लागेको अनुमान गर्न सकिन्छ ।

बीवाइडीले सन् २०१९ मा ल्याएको सोङ म्याक्समा आधारित रहेर तयार भएको एम-६ चिनियाँ सडकमा राइटह्याण्ड ड्राइभ भर्सन देखिएको थियो ।

यसको लम्बाई लम्बाई ४७१० एमएम, चौडाई १८१० एमएम, उचाई १८८० एमएम रहेको छ । यसमा २७८५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । बीवाइडीले यसमा ८० किलोवाटको मोटरमा नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।

एम-६ मोडलमा पनि ई-६ मोडलको जस्तै ७१.७ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक हुने सम्भावना रहेको छ । यदि यहि ब्याट्री प्रयोग हुने हो भने डब्लुएलटीपी रेन्ज ५२२ किलोमिटरको रहने छ ।


Back_to_top