बीवाइडी गाडी किन्नेलाई आयो ‘नयाँ अफर’

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले आफ्नो गाडी किन्ने ग्राहकलाई नयाँ अफर दिएकोछ । कम्पनी ‘मनसुन ड्राइभ’ नाम दिएर ल्याएको स्कीममा उपभोक्ताले विभिन्न किसिमका फाइदा लिन सक्नेछन् ।

कम्पनीले ल्याएको स्कीममा सहजै अटोकर्जा पाइने र ब्याजदर पनि ९ प्रतिशतभन्दा कम लाग्ने विषय उल्लेख गरेको छ । कम्पनीले विभिन्न वित्तिय संस्थासँग समन्वय गरेर सहज कर्जा सेवा उपलब्ध गराउँदै आएको छ ।

त्यसको अलावा कम्पनीले ७ किलोवाटको चार्जर र भेहिकल टु लोड (भिटुएल केबल) निःशुल्क उपलब्ध गराएको छ । एक वर्षको निःशुल्क इन्स्योरेन्स, अतिरिक्त फाइदा सहितको एक्सचेन्ज सुविधा दिने जनाएको छ ।

बीवाइडीले अहिले आफ्नो चर्चित मोडल एटो–थ्री र डल्फीनसँगै स्पोर्टी सेडान सिलको बिक्री गर्दै आएको छ । कम्पनीले ४१ लाख १५ हजारदेखि १ करोड ९५ लाख रुपैयाँसम्मको विद्युतीय गाडी बिक्री गरिरहेको छ । तर, कम्पनीको यो स्कीम डल्फीन र एटो–थ्रीमा मात्रै लागु हुनेछ ।

यहि जुलाई २२ तारिखबाट सुरु भएको मनसुन ड्राइभ स्कीम जुलाई २९ तारिखसम्म लागु हुनेछ ।


Back_to_top