काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी र दोस्रो ठूलो हाइ भोल्टेज ब्याट्री उत्पादक कम्पनी बीवाइडीले तिब्र गतिमा चार्ज हुने ब्याट्री देखाएको छ । कम्पनीले निर्माण क्षेत्रमा प्रयोग हुने मेसिनहरुका लागि सबैभन्दा छिटो चार्ज हुने ब्याट्री ल्याउन लागेको हो ।
अहिले सांघाईमा चलिरहेको ‘चाइना कन्स्ट्रक्सन मेसिनरी एक्जीभिसन’मा बीवाइडीले तिब्र गतिमा चार्ज हुने ब्लेड ब्याट्री देखाएको हो ।
बीवाइडीले उक्त एक्जीभिसनमा बताए अनुसार नयाँ ब्याट्री ४०० एम्पीयर भएको १५०० भोल्ट प्लेटफर्ममा छ । ठूला मेसिनमा लाग्ने लिथियम आयोन फस्फेट ब्याट्री २०० देखि २५०० किलोवाट आवरसम्मको हुने कम्पनीको भनाइ छ ।
कम्पनीको दावी अनुसार यो ब्याट्रीको चार्जिड साइकल ७००० हुनेछ । यसको मतलव ब्याट्रीको लाइफ २० औं वर्ष हुन्छ भन्ने हो । उक्त ब्याट्री माइनस ३५ देखि ६५ डिग्री सेन्ट्रीग्रेट तातोमा पनि सहज तरिकाले प्रयोग गर्न मिल्ने बीवाइडीको दावी छ । यसलाई ६०० किलोवाट क्षमताको डिसी चार्जरबाट चार्ज गर्न सकिन्छ ।
बीवाइडीले हेभी इक्यूपमेन्टको लागि विश्वकै पहिलो ब्याट्री आफुले बनाएको दावी गरेको छ । यस ब्याट्रीमा निर्माणमा प्रयोग हुने मेसिनरीसँगको इन्ट्रीगेसनका लागि ‘सेल टु बडी टेक्नोलोजी’ दिइएको छ ।
बीवाइडीले चीनको कन्स्ट्रक्सन मेसिनरी क्षेत्रमा एक्ससीएमजीसँग साझेदारी गरेको छ । पार्टनरशिप गरेको छ ।

