काठमाडौं । बीवाइडी एस प्लस मोडल ‘राइट ह्याण्ड ड्राइभ’ गाडी विक्री गर्ने देशहरुमा विक्री सुरु गर्ने तयारी भइरहेको छ । डिसेम्बर २१ मा सिंगापुरमा यसको विक्री सुरु गर्ने आधिकारीक घोषणा भएको थियो । यो गाडी सन् २०२२ को दोस्रो क्वाटरबाट डेलिभरी सुरु हुने जनाइएको छ ।
नेपालमा पनि एस प्लस मोडल आउने आधिकारीक विक्रेता साइमेक्स इंकले यसअघि नै जानकारी दिएको थियो । यो क्रसओभर मोडल हो भने यसमा ग्राउन्ड क्लियरेन्स पनि निकै राम्रो पाउन सकिन्छ । क्रसओभर ह्याचव्याक मोडलको लम्बाई ४३६० एमएम, चौडाई १७८५ एमएम, उचाई १६८० एमएम र ह्वीलवेस २५३५ एमएम र ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ ।
बीवाइडीले एस २ प्लस भेरियन्टलाई ५०.१ र ५३.२ किलोवाट आवरको लिथियम आयोन व्लेड व्याट्रीमा उपलब्ध गराउने छ भने यसमा ७० किलोवाट क्षमताको मोटर प्रयोग गरेको छ । उक्त व्याट्रीलाई एक पटक फुलचार्ज गरेपछि ४०१ देखि ४१० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।

चारवटै चक्कामा डिस्क ब्रेक, १६ इन्चको अल्मुनियम अलोय ह्वील, पानारोमिक सनरुफ, किलेस इन्ट्री, रिमोट लक, पुस बटम स्टार्ट, पार्किङ राडार, इबीडी सहितको एबीएस, ब्रेक एसिस्ट, ट्रायाक्सन कन्ट्रोल, इलोक्ट्रोनिक स्टेवलीटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट जस्ता फिचर यसमा रहेका छन् ।
अटोमेटीक हेडलाइट, डे टाइम रनिङ लाइट, इन्फोटेन्टमेन्ट सिस्टम, एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, आर्मरेष्ट, पावर विन्डो, रियर वाइपर जस्ता फिचर समावेस भएको एस २ प्लस मोडल उत्कृष्ट एसयूभी हो ।


