बीवाइडीका कार चलाउँदै, ‘ड्रोन’ उडाउन पाइने

काठमाडौं । बीवाइडीले डीजेआईले बनाएको ड्रोन सिस्टम आफ्ना कारमा दिने भएको छ । कम्पनीले आफ्नो अफरोड एसयूभीमा ‘भेहिकल माउण्टेड ड्रोन स्टेशनल’ जडान गरेको हो ।

कम्पनीले आफ्नो सब–ब्राण्ड फेङ चेङ बाओको बाओ ८ अफरोड गाडीमा ड्रोन जडान गरेको छ । उक्त भेहिकल माउण्टेड ड्रोन सिस्टमले अफरोड यात्रालाई अझ रोमान्चक बनाउन सहयोग गर्नेछ ।

भेहिकलको रुफमा माउण्टेड हुने ड्रोन सिस्टम स्क्वायर सेपको स्लीक एज डिजाइनमा दिइएको छ । यसको एरिया ०.२९ स्क्वायर मिटर तथा २१५ एमएम अग्लो छ । यसमा दुईवटा ढोका र ३ वटा सेन्सर छन् । यसको सहायताले ड्रोनले २५ किलोमिटर प्रतिघण्टाको स्पीडसम्ममा डायनामिक टेकअप र ल्याण्डीङ गर्न सक्छ । साथै, ड्रोनले भेहिलकलाई ५४ किलोमिटर प्रतिघण्टाको स्पीडसम्म फलो समेत गर्न सक्छ ।

यसको अर्को राम्रो पक्ष भनेको ड्रोन २ किलोमिटरको पेरिफेरिमा उडिरहेको हुन्छ । रिचार्ज गर्नुपर्दा ड्रोन आफैँ ह्याङ्गरमा रिटर्न हुन सक्छ । ह्याङ्गरमा रहेको चार्जिङ सिस्टमले ड्रोनलाई मात्र ३० मिनेटमा २० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ ।

गाडीमा रहेको इन्फोटेन्मेन्ट स्कृनमै लाइभ हेर्न सकिने ड्रोनका दृष्यहरुले अफरोड र पट्यार लाग्दो लामो हाइवेहरुमा फन टु डाइभिङ एक्सपिरीयन्स लिन सकिन्छ । यसको माध्यमबाट टाढाका दृष्यहरुको फोटो तथा भिडियो ‘अन द गो’मै रेकर्ड गर्न सकिन्छ ।

त्यस्तै नयाँ रुटमा गुडिरहदा अगाडिको बाटोको बस्तुस्थिति टाढैबाट हेर्न सकिन्छ । बीवाइडीका गाडीमा जडित ड्रोनलाई रिमोट वा एपको माध्यमबाट गाडी भित्रै बसेर सजिलै संचालन गर्न सकिन्छ ।


Back_to_top