‘सिट्रोन सीथ्री’ इलेक्ट्रीक ४ दिनपछि बजारमा आउने

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनको पहिलो इलेक्ट्रीक कार सीथ्री सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले चार दिनपछि सेप्टेम्बर २९ तारिखमा सीथ्री सार्वजनिक गर्ने भएको हो ।

सिट्रोनले आफ्नो पहिलो भारतमा ल्याउन लागेको सीथ्री इलेक्ट्रीकमा रहने ब्याट्री र मोटरको विषयमा कुनै जानकारी दिएको छैन । तर, यसमा रहने ब्याट्रीलाई एक पटकको फुलचार्जमा ३०० किमिदेखि ३५० किमिसम्म रेन्ज प्रदान गर्ने जनाइएको छ ।

सिट्रोनले यसलाई दुई ब्याट्री अप्सनमा ल्याउने छ । मिडिया रिपोर्टका अनुसार यसको स्टायडर्ड भेरियन्टमा ३० किलोवाट र लङ रेन्जमा ४० किलोवाट आवरको ब्याट्री रहने दावी गरिएको छ ।

टाटा नेक्सनको सिधा प्रतिस्पर्धी मोडलको रुपमा आउन लागेको सीथ्री इलेक्ट्रीकमा पनि १०० किलोवाटभन्दा कम क्षमताको मोटरमा आउने छ ।


Back_to_top