टिगोर इभीलाई ‘भ्युअर्स चोइस इभी अफ दी इयर २०२२’ अवार्ड

काठमाडौं । टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर कारले ‘भ्युअर्स चोइस इभी अफ दी इयर’ अवार्ड जित्न सफल भएको छ । भारतीय अटो मिडिया कार एन्ड बाइकले टिगोर इभीलाई उक्त अवार्ड दिएको हो ।

टाटाको जीपट्रोन प्रविधिमा आधारित टिगोर इभी गत वर्षको अगस्ट अन्तिमबाट भारतमा विक्री सुरु भएको थियो । उक्त कार एक महिना अघिबाट नेपालमा पनि विक्री सुरु भएको छ ।

ग्लोबल एनक्यापमा फोर स्टार सुरक्षा रेटिङ पाएको टिगोर इभीमा २६ किलोवाट आवरको लिक्विड-कुल्ड ब्याट्री पाउन सकिन्छ । आइपी-६७ रेटेड ब्याट्री प्याकले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । यसमा ५५ किलोवाट क्षमताको मोटर पावर र १७० एनएम टर्क प्रदान गर्ने क्षमता रहेको छ ।

विद्युतीय टिगोर छोटो समयमै चार्ज गर्न सकिन्छ । यसलाई २५ किलोवाटको डिसी चार्जरबाट जम्मा ८० प्रतिशतसम्म चार्ज गर्न ६५ मिनेट लाग्छ । सामान्य घरायसी विजुलीबाट ८० प्रतिशत चार्ज गर्न भने ८ घण्टा ४५ मिनेट लाग्छ ।


Back_to_top