कार चोरी रोक्ने इन्जिन लक सिस्टम, यसरी गर्छ काम

काठमाडौं । कार यात्राको माध्यम मात्र होइन, पूरा भएको एउटा सपना हो । अधिकांशले वर्षौंको मेहनतको कमाइले कार खरिद गरेका हुन्छन् । यो भावना, प्रतिष्ठा र सुरक्षासँग पनि जोडिएको हुन्छ ।

त्यसैले मानिस कारको सुरक्षाको बारेमा निकै सचेत र चिन्तित रहन्छन् । तपाईंको यो चिन्ता हटाउन टेक्नोलोजी कम्पनीहरूले निरन्तर नयाँ सुरक्षा प्रविधिहरू ल्याइरहेका छन् । यी सुरक्षा प्रविधि मध्ये एक इन्जिन लकिङ प्रणाली हो । यो प्रविधिले कार चोरी हुनबाट जोगाउँछ । यो निकै प्रभावकारी समेत भइरहेको छ ।

इन्जिन लकिङ प्रणाली के हो ?

इन्जिन लकिङ प्रणाली एक इलेक्ट्रोनिक सुरक्षा सुविधा हो । यसले कारको इन्जिनलाई सही साँचो, कोड वा आधिकारिक सिग्नल बिना अन हुनबाट रोक्छ । अर्थात्, कार तब मात्र स्टार्ट हुन्छ जब यसको वास्तविक मालिक वा आधिकारिक व्यक्तिले मात्र यसलाई अन गर्छ ।

चोरले कारको ढोकाको लक तोड्यो भने पनि, उसले कार स्टार्ट गर्न सक्दैन । यस कारणले गर्दा, कार ओरिजिनल की वा आधिकारिक सिग्नलबाट मात्र अन हुन्छ । चोरी गर्ने प्रयास गरेमा इन्जिन तुरुन्तै ब्लक हुन्छ । यो प्रविधिमा तपाईं मोबाइल एप वा रिमोट मार्फत टाढा बसेर पनि इन्जिन लक गर्न सक्नुहुन्छ । कारको लोकेसन ट्रयाक गर्न सजिलो हुन्छ । यो पुरानो कारहरूमा पनि फिट गर्न सकिन्छ ।

इन्जिन लक सिस्टमले कसरी गर्छ काम ?

इन्जिन लक सिस्टम कारको इलेक्ट्रोनिक कन्ट्रोल युनिट (ईसीयू)मा जोडिएको हुन्छ । ईसीयू लाई कारको गेटकिपरको रूपमा बुझ्नुहोस् । जसले सही सिग्नल नपाएसम्म इन्जिन स्टार्ट हुन दिँदैन । यसमा चाबी वा स्मार्ट उपकरणमा आरएफआईडी चिप हुन्छ, जसले सही सिग्नल प्राप्त भएपछि मात्र कार स्टार्ट गर्छ । यसमा रियल टाइममा कारको लोकेसन थाहा पाउन जीपीएस ट्रयाकर र एप मार्फत इन्जिन लक वा अनलक गर्न मोबाइल एप पनि रहेको हुन्छ ।

आफ्नो कारलाई चोरी हुनबाट कसरी जोगाउने ?

कार लक गर्ने कुरामा मात्र भर नपर्नुहोस्, इन्जिन लकिङ पनि प्रयोग गर्नुहोस् । कार पार्क गरेपछि मोबाइल एपको सहयोगमा इन्जिन लक गर्नुहोस् । विशेष गरी यदि तपाईं सुनसान वा भीडभाड भएको ठाउँमा कार पार्क गर्दै हुनुहुन्छ भने त यो अनिवार्य जस्तै हो ।

आफ्नो कारमा जीपीएस ट्रयाकर जडान गर्नुहोस् । ताकी कुनै पनि घटना भएमा तुरुन्तै कारको लोकेसन ट्रयाक गर्न सकियोस् । यदि तपाईंको कारमा इन्जिन लक गर्ने सुविधा छैन भने पनि आफ्टर मार्केटमा यो सजिलै खरिद गर्न सकिन्छ ।


Back_to_top