काठमाडौं । बजाज अटोले भारतमा डोमिनार २५० मोटरसाइकलको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ ।
बजाजले नयाँ इन्जिन सेटअपका साथै अन्य केही फिचरहरू थप गरी बजारमा डोमिनार २५० को २०२५ भर्सन सार्वजनिक गरेको हो ।
कम्पनीले नयाँ भर्सन डोमिनार २५० मोटरसाइकलको मूल्य १ लाख ९१ हजार ६५४ भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेर बिक्री सुरू गरेको हो । कम्पनीले तोकेको यो मूल्य पुरानो मोडल डोमिनार २५० को तुलनामा नयाँ भर्सनमा ५ हजार १५८ भारतीय रुपैयाँ बढी छ ।
बजाजले नयाँ भर्सन डोमिनार २५० मा ओबीडी टूबी मापदण्ड अनुसारको नयाँ इन्जिन सेटअप दिएको छ । साथै, यसमा स्वीच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल, चार मोडहरू सहितको डबल च्यानल एबीएस, नयाँ एलसीडी कन्सोल, कनेक्टिभिटी सिस्टम, कल एसएमएस अलर्ट, टर्न बाई टर्न नेभिगेसन जस्ता आवश्यक पर्ने फिचरहरू थप गरेको छ ।
यस मोटरसाइकलको कस्मेटिक डिजाइनमा अन्य केही परिवर्तन गरिएको छैन । यसमा पुरानै चेसिस फ्रेम पाउन सकिन्छ भने, इन्भर्टेड फर्कका साथमा प्रिलोड एड्जस्टेवल मोनोसक सस्पेन्सन सेटअप, अलोय ह्वील, ट्युबलेस टायर, डबल डिस्कब्रेक, पूरा एलईडी लाइट सेटअप र यूएसबी चार्जिङ पोर्ट रहेको छ ।
२४८.७७ सीसी इन्जिन क्षमतामा उपलब्ध रहेको डोमिनारले अधिकतम २७ पीएस पावर तथा २३.५ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्स छ ।
कम्पनीले बजाज डोमिनार मोटरसाइकललाई बजारमा स्ट्रीट फाइटर कु्रजर सेग्मेन्टको रुपमा स्थापित गरेको छ ।