काठमाडौं । काठमाडौंबाट पूर्वी तराई जाने सबैभन्दा छोटो दुरीको बीपी राजमार्गमा १ महिना राति सवारी साधन संचालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेले शुक्रबार एक सूचना जारी गर्दै असार २२ गतेदेखि १ महिना राति गाडी चलाउन रोक लगाइएको जानकारी गराएको हो ।
जिल्ला सुरक्षा समिति काभ्रेको असार १८ गतेको बैठकले मनसुन सक्रिय रहेकाले बाढीपहिरोको जोखिम रहेको भन्दै रातिमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
प्रशासनका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म काभ्रेभञ्ज्याङ-भकुण्डेबेँसी हुँदै सिन्धुलीतर्फ जाने सवारी चलाउन रोक लगाइएको छ ।
यसअघि गत असार ६ गतेदेखि १५ दिनका लागि रातिमा सवारी संचालनमा रोक लगाइएको थियो ।