काठमाडौं । होन्डाले भारतमा १५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले १५० सीसी सेग्मेन्टमा प्रिमियम फिचरसहित नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।
होन्डाले नयाँ मोटरसाइकल सिबी १५० आरको भारतमा प्याटेन्ट दर्ता गरेसँगै नयाँ मोटरसाइकल आउने भएको हो । डिजाइन र इन्जिन क्षमताको हिसावले यामाहा आर १५ सँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउने छ ।
होन्डा सिबी १५० आर विश्वका धेरै देशमा विक्री हुँदै आएको मोडल हो । भारतमा बन्ने भएसँगै यो मोटरसाइकल चाँडै नेपाल पनि आउने अनुमान गर्न सकिन्छ । ट्वीन बीम हेडल्याम्पमा आउने सिबी १५० आर निकै सार्प र स्टाइलिस रहेको छ । २०२२ सिबी १५० आर पहिलेको तुलनामा थप स्पोर्टी रहेको छ ।

नयाँ मोडलमा गोल्डन कलरको यूएसडी फर्क, स्लीपर क्लच, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । उक्त क्लष्टरमा इन्धन खपतको अवस्था, गियर पोजीसन, स्पीडोमिटर, आरपीएम मिटर, समय, इन्धन लगायतका अवस्था जानकारी पाउन सकिन्छ ।
होन्डा सिबी १५० आरमा १४९ सीसी क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा १७.१ बीएच पावर र ७००० आरपीएममा १४.४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

