सिएफ मोटोको नयाँ मोटरसाइकल ‘३०० एसआर’को तस्विर सार्वजनिक

चिनीयाँ मोटरसाइकल निर्माता सीएफ मोटोले भारत प्रबेश गरेपछि लगातार आफ्ना मोटरसाइकल सार्वजनिक गरिरहेको छ । यस्तोमा २०२० को अन्त्यसम्ममा बजारमा ल्याउने ‘३०० एसआर’को तस्वीर सार्वजनिक भएको छ । अहिलेसम्म कम्पनीका उत्पादन भारतमा भन्दा पहिला नेपाली बजारमा आइरहेका थिए ।

भारतको बजारलाई केन्द्रामा राखेर उत्पादन भइरहेको ३०० एसआर नेपाली बजारमा पनि आउने सम्भावना भएको मोडल हो ।

फुल फेयर्ड मध्यम स्पोर्टस सेग्मेन्टमा आउने तयारीमा रहेको ३०० एसआरले अपाचे आरआर ३१० सँग प्रतिस्पर्धा गर्नेछ । यो मोटरसाइकलको स्केच तस्वीर सार्वजनिक भएसँगै यसको डिजाइनको बारेमा थप प्रष्ट भएको छ ।

फुल फेयर्ड डिजाइनमा यो मोटरसाइकल सार्प लुक तथा स्पोर्टी देखिएको छ । यसको फ्रन्ट लुक तथा हेडलाइट, एरोडाइनामिक भाइजर, इन्जिन कभरले यसलाई डुकाटी स्पोर्टस मोटरसाइकलाई अझै मस्कुलर देखिएको छ । यस्तै ठूलो फ्यूल ट्याङक, स्टेप टेलपिस, सार्प टेलल्याम्पले कावासाकी एच२ को झल्को दिने खालको रहेको छ ।

सीएफ मोटो ३०० एसआरमा ट्रेल फ्रेम, अन्डरबेली एक्जष्ट, ट्रेडिशनल टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, रियर मोनोशक, अलोय ह्वील, क्लिपअन ह्यान्डलबार तथा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल जस्ता फिचर रहने छ ।

सीएफ मोटोले एसआर सिरिजलाई २५० तथा ३०० मा ल्याउने छ । कम्पनीले यसमा २९२ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन दिने अनुमान गरिएको छ । यसमा रहेको इन्जिनले २८.६ हर्सपावर प्रदान गर्ने जनाइएको छ ।


Back_to_top