काठमाडौं । चांगन अटोले आफ्नो नक्शाल शोरुममा एक्सेन्ज क्याम्प सुरु गर्ने भएको छ । भोलि शुक्रबारबाट सुरु हुने ‘एक्सचेन्ज कार्निभल’ दुई दिन चल्ने कम्पनीले जनाएको छ ।
शुक्रबार र शनिबार चल्ने एक्सचेन्ज मेलामा ग्राहकले विभिन्न अफरहरु पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले कुनै पनि ब्राण्डको गाडीसँग चांगनका गाडी एक्सचेन्ज गर्न पाउने छन् । निकै राम्रो मूल्याङ्कनमा पुरानो गाडी विक्रीसँगै दुई लाखसम्मको एक्सचेन्ज टपअप पनि ग्राहकले पाउने छन् ।
साथै कम्पनीले एक वर्षको सडक कर, एक वर्षको बीमा, हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार प्राप्त गर्न सक्ने छन् । एक्सचेन्जमा सहभागी तीन जना भाग्यमानी ग्राहकहरुले दुई वर्षको निःशुल्क सर्भिसिङ्ग भाउचर पनि प्राप्त गर्न सक्नेछन् ।

