चांगनको एक्सचेन्ज कार्निभल, नयाँ कारमा २.५ लाखसम्म छुट

काठमाडौं । चांगन अटो नेपालले होली लक्षित ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सञ्चालन गरेको छ।

चांगनको नेपालका लागि आधिकारिक बिक्रेता चांगन अटो नेपालले विभिन्न अफरसहितको एक्सचेन्ज कार्निभल संचालनमा ल्याएको हो ।

कार्निभल अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि कम्पनीका पुराना गाडीको सहि मूल्यांकन चांगनका नयाँ गाडी खरिद गर्न सक्नेछन्। कार्निभलमा ल्याइएका गाडीको उचित मूल्यांकन पाइनुका साथै चांगनको प्रिमियम सेडान ‘अल्सभिन’ र प्रिमियम पिकअप हन्टर मोडलसँग साट्न सकिने कम्पनीले जनाएको छ।

ग्राहकहरुले यस अफरअन्तर्गत २.५ लाखसम्मको नगद छुट पाउने छन् । साथमा २ लाखसम्मको एक्सचेन्ज बोनस र १ वर्षको सवारी मर्मत, कर तथा बीमाको फाइदा उठाउन सकिने कम्पनीले जनाएको छ।

चांगन अटोले नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएसँगै विभिन्न अफरहरु सार्वजनिक गर्दै आएको छ। कम्पनीले चांगनका गाडी प्रयोगकर्तालाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ।

कार्निभल चलिरहेका बेला चांगनको काठमाडौंको नक्सालस्थित सोरुममा गई गाडीको अवलोकनका साथै खरिद गर्न चाहनेले आफ्ना गाडीको मूल्यांकन गराउन सक्ने कम्पनीले जनाएको छ।

 


Back_to_top