यसैसाता सार्वजनिक हुँदै हार्ले एक्स ३५०, रोयल इनफिल्डसँग प्रतिस्पर्धा

काठमाडौं । हार्ले डेभिड्शनको ३५० सीसी मोटरसाइकल आउने भएको छ । कम्पनीले यसैसाता ९मार्च १०० ३५० सीसी इन्ट्रीलेभल मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले चिनियाँ मोटरसाइकल उत्पादक कम्पनी क्यूजे मोटर्ससँगको सहकार्यमा ३५० सीसी मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

हार्लेले इन्ट्रीलेभल मोटरसाइकल साइकलको लागि विभिन्न लोकल मोटरसाइकल उत्पादक कम्पनीसँग सहकार्य गर्न सुरू गरेको छ । कम्पनीले भारतमा हिरोसँगको सहकार्य पछि चिनियाँ कम्पनी क्यूजेसँग सहकार्य सुरू गरेको हो । क्यूजे र हार्लेको सहकार्यमा आउने पहिलो मोटरसाइकल एक्स ३५० रहने छ भने कम्पनील एक्स ५०० समेत चाँडै ल्याउने छ ।

कम्पनीले ल्याउने दुवै मोटरसाइकल रेट्रो डिजाइनका हुनेछन् । यसमा प्रयोग भएको राउन्ड हेडल्याम्प, रियर भ्यू मिरर र सर्कल इन्स्ट्रुमेन्ट पडले हार्ले र क्यूजेको सहकार्यमा आउने एक्स ३५० र एक्स ५०० रेट्रो डिजाइनमा भएको पुष्टी गर्छ ।

हार्ले एक्स ३५० मा ३५३ इन्जिन रहने छ । यसले ३५ पीएस पावर जेनेरेट गर्छ । यो मोटरसाइकलको तौल १९५ केजी रहनेछ भने यसका १४३ किमी प्रतिघण्टा रहनेछ ।

हार्ले एक्स ३५० ले ३५० सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गर्नेछ । भारतीय बजारमा यो मोटरसाइकल आउँछ वा कम्पनीले हिरोको सहकार्यमा नयाँ मोटरसाइकल ल्याउँछ भन्ने कुराको कुनै जानकारी दिएको छैन् । भारतमा ३५० सीसी सेग्मेन्टमा रोयल इनफिल्डको एकाधिकार रहेको छ । हार्ले एक्स ३५० ले रोयल इनफिल्ड ३५० सँग सीधा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top